भीमदत्त नगरपालिकाले नगर क्षेत्रका युवालाई दमाहा बजाउन सिकाउन थालेको छ । १५ दिने तालिमको व्यवस्था गरी नगरपालिकाले युवाहरुलाई दमाहा बाजा बजाउनमा पोख्त बनाउन थालेको हो ।
कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब रु पाँच अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका दुईवटा वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । गाउँपालिकाका छमध्ये वडा नम्बर १ र २ ढुङ्गेसाँघुलाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको हो ।
तलब नपाएको भन्दै आन्दोलनमा रहेका सरसफाइ कमर्चारीको समस्या समाधानका लागि पहल सुरु भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल व्यवस्थापन पक्षले जनाएको छ ।
नयाँ वर्ष नजिकिँदै जाँदा बझाङमा ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनको अनुगमनलाई तीव्र बनाएको छ । यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न सवारी जाँच तथा निगरानी कडाइका साथ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले जनाएको छ ।
सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला रू एक लाख ८० हजार तीन सयमा कारोबार भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज तोलामा रू तीन हजार नौ सय घटेको हो ।
सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज उज्वेकिस्तान प्रस्थान गर्नुभएको छ ।
कञ्चनपुरमा यातायात व्यवसायीहरुले यातायातका साधन ठप्प पारेका छन् । यातायात व्यवसायीहरुले महेन्द्रनगरबाट पूर्वपश्चिम राजमार्ग भएर चल्ने यातायातका साधनहरू ठप्प पारेका छन् ।
व्यापारिक चहलपहल घट्दै गएपछि नेपालगञ्जमा बितेका तीन वर्षमा मध्यमस्तरका करिब १५० होटल बन्द भएका छन् । ठूलो लगानीका तारे होटल थपिँदै गए पनि नेपालगञ्जमा मध्यमस्तरका होटल व्यवसायीको पेसा सङ्कटमा पर्दै गएको छ ।
सार्वजनिक र नीजि जङ्गलमा आगो लगाउने प्रवृत्ति बढेपछि पाँचथरमा वनमा जथाभावी आगो लगाउनेलाई पक्राउ गरेर मुद्दा चलाउन थालिएको छ ।
पश्चिम बागलुङको गल्कोट नगरपालिकामा सघन सहरी विकास आयोजना सञ्चालनमा आएको छ । नगरका शहरी क्षेत्रलाई व्यवस्थित बनाउने, विकासले प्रभाव पारेका स्थानीयलाई आयआर्जनमा जोड्ने, पूर्वाधारमा अब्बल र नगरको आफ्नै सहरी शासकीय क्षमता विकास गर्ने लक्ष्यसहित सघन सहरी विकास आयोजना सञ्चालनमा ल्याइएको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई फुस (खर) को छानामुक्त पालिका बनाउने अभियान सुरु गरिएको छ । गाउँपालिकाले हालसम्म फुसको छाना भएका सबै परिवारको घरको छाना विस्थापन गरी जस्तापाता लगाउने र पालिकालाई नै फुसको छानामुक्त बनाउने अभियान सुरु गरेको हो ।
हावाको गति बढेसँगै आज वायु प्रदूषणको मात्रा पनि घटेको छ । केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौँ उपत्यका आज भने प्रदूषणको मात्रा घटेर सातौँ नं मा सूचीकृत भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिमस्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्नका लागि आवेदन आह्वान गरेको छ ।