राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबिच मुटुरोग उपचारमा सहकार्य हुने भएको छ ।
प्रशासनिक पुनर्संरचनालाई अघि बढाउँदै गण्डकी प्रदेश सरकारले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण(ओएनएम) प्रतिवेदन पारित गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओएनएम प्रतिवेदन पारित गरेको हो ।
खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन । नेपालमा रोगीको सङ्ख्या डरलाग्दो किसिमबाट बढिरहेको छ । नयाँ नयाँ रोग देखा परिरहेका छन् । केही रोगको त कारणसमेत पत्ता लगाउन सकिएको छैन । यस्ता रोग र रोगीको सङ्ख्यामा वृद्धिको एउटा कारण हुन सक्छ हाम्रो खानपान संस्कृतिमा आएको परिवर्तन ।
शैँलाई लक्षित गरी यसवर्ष मुस्ताङबाट १२ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी हुने भएको छ ।
खेलकुदमा इच्छाशक्ति अति महत्वपूर्ण हुन्छ । जस्तै मै हुँ भन्ने खेलाडीमा पनि इच्छाशक्ति भएन भने उसले खेल्नै सक्दैन ।
बागलुङमा आइतबारदेखि एन्फा यू १४ अन्तर विद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ ।
चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गर्ने भएको छ । यसका लागि नगरपालिकाले ‘बाल श्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले फरक क्षमता (अपाङ्गता) भएलाई निवासमा नै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्ने कार्यलाई जारी राखेको छ ।
नवलपरासी जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइनको काम तिहारसम्ममा सम्पन्न गरेर सञ्चालनमा ल्याउन सङ्घ तथा प्रदेश सरकारले एकसाथ निर्देशन दिएका छन् । शनिबार विद्युत् प्रसारण लाइन अन्तर्गत सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म बनेको विभिन्न संरचनाको स्थलगत निरीक्षण गर्न पुग्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र चिसापानीको एक छलफलमा पुगेका सङ्घका वन तथा वतावरणमन्त्री ऐनबहादुर शाहीले सो निर्देशन दिनुभएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
राष्ट्रिय परिचयपत्र बनाउने विवरण भर्न आउने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले स्टेसन थप गरेको छ । पछिल्लो समयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि कार्यालयले इलाका प्रशासन कार्यालय दुल्लुमा स्टेसन थप गरेर राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरेको हो ।
हुम्लामा सुत्केरीलाई सुत्केरी भएको २० दिनसम्म घरभन्दा अलग्गै गोठमै राख्ने गरिएको छ । देवीदेवता रिसाउने र घरमा समेत जुठो हुने भन्दै सुत्केरी आमा र बच्चालाई २० दिनसम्म गोठमा राख्ने गरिएको पाइएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
सुर्खेत–जुम्ला कर्णाली राजमार्गको जोखिम खण्ड अहिलेसम्म मर्मत भएको छैन । सडक सञ्चालनमा आएको दुई दशक पुग्न लाग्दा पनि जोखिम भएका खण्डमा मर्मत हुन सकेको छैन ।