भदौ १७ गते देखि १९ (सेप्टेम्बर २–४) सम्म स्वीजरल्यान्डको जेनेभामा आयोजना हुने विश्व युवा शिखर सम्मेलनमा भाग लिन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा राष्ट्रिय परिचयपत्र बनाउनेको चाप बढेपछि सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबिच दुईपक्षीय भेटवार्ता भएको छ । साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबिच भेटवार्ता भएको हो ।
गोरखाको पालुङटार नगरपालिकाको ३ वडामा रोपिएको धान बालीमा मरुवा रोग लागेपछि किसानहरू चिन्तित भएका छन् ।
ताप्लेजुङको सिरिजङ्घा–५ पेदाङमा पहिरोले एक परिवारलाई विस्थापित बनाएको छ ।
साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबिच दुई पक्षीय भेटवार्ता भएको छ ।
गोदावरी नगरपालिका— २ तेघरीका सुरेन्द्रबहादुर साउदले विदेशबाट फर्केर भैँसीपालन व्यवसाय सुरु गर्नुभएको छ । उहाँ हिला नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । अवकास पाएपछि साउदले पाँच वर्ष युनाइटेड अरब इमिरेट्स (युएई) मा काम गर्नुभयो । हाल उहाँ स्वदेशमै भैँसीपालन व्यवसायमा व्यस्त हुनुहुन्छ ।
जन्म दिने आमाले आफ्नो २० महिनाकी छोरीलाई छाडेर घरबाट हिँडेपछि बालिकाको बिचल्ली भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका –१ पटारे निवासी आमा दिला गिरीले आफ्नी छोरी दुधे बालक दीपा गिरीलाई छाडेर हिँडेपछि कारुणिक अवस्था सिर्जना भएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चीनमा आयोजित शिखर सम्मेलनमा आफ्ना सहयोगीहरूसमक्ष युक्रेनमाथिको आक्रमणको बचाउ गर्दै पश्चिमी मुलुकलाई साढे तीन वर्ष लामो युद्ध सुरु गराएको आरोप लगाउनुभएको छ ।
आइतबार स्थानीय बजारमा प्रतितोला रू. दुई लाख तीन हजार ६०० मा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा रू एक हजार सात सय बढेको हो । आज सुन प्रतितोला रू दुई लाख पाँच हजार तीन सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
कालापैराखोलामा आएको भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
डोजरले खनेको सडकबाट पहिरो खस्दा दुईवटा घरसहित पशुचौया पुरिएका छन् । परिवारका १६ जना सदस्यले भागेर ज्यान जोगाए पनि एकजना ज्येष्ठ नागरिक गम्भीर घाइते हुनुभएको छ ।
नवलपरासी पश्चिमस्थित वर्दघाट बजार क्षेत्र नजिकै रहेको चुरे क्षेत्रमा जनश्रमदानबाट बर्दघाट हिलपार्क निर्माण कार्य सुरु भएको छ ।
कैलाली प्रहरीले नौ ग्राम २३० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ ।
ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–१ सिनामस्थित सिनाम पावर हाउसको स्काभेटर र टिप्पर काबेली खोलाले बगाएको छ । गएराति परेको अविरल वर्षासँगै खोलामा आएको बाढीले पावर हाउसको स्काभेटर र टिप्पर बगाएको हो ।