• १६ भदौ २०८२, सोमबार

सुनको मूल्यमा निरन्तर कीर्तिमान, तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो

blog

काठमाडौँ,  भदौ १६ गते । नेपाली बजारमा सुनको मूल्यले निरन्तर कीर्तिमान कायम गरिररहेको छ ।

आइतबार स्थानीय बजारमा प्रतितोला रू. दुई लाख तीन हजार ६०० मा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा रू. एक हजार सात सय बढेको हो । आज सुन प्रतितोला रू. दुई लाख पाँच हजार तीन सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू. दुई हजार ४७० पुगेको छ । आइतबार चाँदी प्रतितोला रू. दुई हजार ४२५ मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ । रासस