सिन्धुली जिल्लाको नवलपुर–चिसापानी रणनीतिक सडक निर्माणले गति लिन सकेको छैन । नेपाल सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ योजना अन्तर्गत ६८ किलोमिटर लम्बाइको नवलपुर–चिसापानी सडक पाँच वर्षअघि निर्माण सुरु गरिएको हो
८५ वर्ष पुरानो कैलाली कारागारको पर्खाल भत्काएर दुई ब्लकका कैदीबन्दीबिच झडप हुँदा एक जनाको ज्यान गएको थियो भने ४७ जना घाइते भएका थिए । यो घटनाले सुदूरपश्चिम प्रदेशको मात्र होइन, देशभरकै कारागारको अवस्था कस्तो रहेको छ भन्ने चित्र प्रस्तुत गरेको छ । सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामा रहेका कारागारको क्षमता जम्मा ७१५ जनाका लागि छ तर एक हजार ४०४ कैदीबन्दी राखिएका छन् । कैलालीका कारागारको अवस्था मात्र होइन, सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका अधिकांश कारागार जीर्ण अवस्थामा छन् भने सबैमा भौतिक सुविधाको अभाव देखिएका छन् ।
कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्र करार जनशक्तिका भरमा चलिरहेको छ । कर्णालीमा स्थायी दरबन्दीकै हाराहारीमा करार सेवामा नियुक्त गरेर स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ ।
कर्णाली राजमार्ग सडकअन्तर्गत कालीकोटको गगनेखोलामा गएरातिको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले अविरल वर्षाको कारण यस डिभिजनको कार्यक्षेत्र कालीकोटको गगनेखोलामा पहिरोले सडक अवरुद्ध भएको जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका सनम चौधरी आज पनि बुबा फर्केर आउने आशामा हुनुहुन्छ । पच्चीस वर्ष बितिसक्दा पनि उहाँका बुबा तारानाथ चौधरी घर फर्कनुभएको छैन । तत्कालीन द्वन्द्वकै समयमा डकर्मी (मजदुरी) काम गरिरहेकै उहाँ बेपत्ता हुनुभएको थियो ।
लघुजलविद्युत्को भरमा हरेका बागलुङका ग्रामीण क्षेत्रमा धमाधम केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले पछिल्लो एक वर्षमा यस वर्ष दुई हजार १२० घरमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ ।
यहाँका ज्योति गुमेका एक सयभन्दा बढीलाई निःशुल्क आँखा शिविरमार्फत ज्योति फर्काइएपछि उनीहरू अत्यन्तै खुसी भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरापर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गरेको बताउनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौरापर्व सामाजिक पुनर्मिलनको अवसर भएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, सद्भाव, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा हैजाको प्रकोप देखिएकाले मानवको ज्यान जोगाउनका लागि अधिकतम प्रयास गर्ने बताउनुभएको छ ।