• १६ भदौ २०८२, सोमबार

मधेश प्रदेशका मुख्यमन्त्री सिंह स्विट्जरल्याण्ड प्रस्थान

blog

मधेश प्रदेशका मुख्यमन्त्री सिंह स्विट्जरल्याण्ड प्रस्थान गर्दै ।

देवराम यादव

सप्तरी  भदौ १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शनिबार साँझ स्विट्जरल्याण्ड प्रस्थान गर्नु भएको छ ।

मुख्यमन्त्री सिंहले स्विट्जरल्याण्डमा “अन्तर–सरकारी सहकार्य र संघीय प्रणालीमा प्रतिस्पर्धात्मकता” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुने मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अबधेश झाले सञ्चारकर्मीलाई जानकारी दिनु भएको छ । 

उहाँले यस भ्रमणबाट संघीय प्रणाली अन्तर्गत अन्तर–सरकारी सहकार्य र प्रतिस्पर्धात्मकता सम्बन्धी अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदानको साथै अध्ययन कार्यमा महत्वपूर्ण हुने बताउनु भयो ।

मुख्यमन्त्री सिंह आगामी भदौ २१ गते स्वदेश फर्कनु हुने कार्यक्रम रहेको जनाइएको छ ।