मनाङ ङिस्याङ गाउँपालिका–५ मुङ्जे स्थित खेल मैदानमा चर्दै गरेका चौँरी । खेतीपाती थन्काएपछि खर्काबाट गाउँ ल्याएका याकचौँरी माथि खर्कतिर लैजाने गर्दछन् भने जिल्लाभर चार हजार ८५३ वटा याचौँरी रहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले भ्रम, मिथ्या एवं संशयपूर्ण सामग्रीबाट जनता भ्रमित हुन नदिने जिम्मेबारी सञ्चारमाध्यमको भएको बताउनुभएको छ ।
नेपाल र थाइल्यान्डबिच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
पृथ्बीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रशारण संस्थामा रूपान्तरण भएको रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्न नहुने बताउनुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्यान्डबिचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुुभएको छ ।
चैतेदशैं समेत भनिने नवरात्र पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैं अर्थात् बडादशैं जति भव्य रूपमा मनाइए पनि चैतेदशैंमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने गरेको छ ।
श्रद्धा, भक्ति एवं धार्मिक सहिष्णुताको रूपमा रहेको चैती छठ पर्व रौतहट जिल्लामा अत्यन्त उत्साह र महत्त्वका साथ मनाउन लागिएको छ
सगरमाथा आधार शिविरमा एक नेपाली श्रमिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
थारू समुदायको बिहे हुने बेला होस् या दुलही ‘पठलरी’ लाई पठाउन आएको बेला होस् या कुनै नयाँ कामको थालनी किन नहोस्, त्यसको अवसर पारेर थारू समुदायमा नाचिने चर्चित नाच हो ‘छोक्रा नाच’ । तर अचेल थारु समुदायमा छोक्रा नाच लोप हुँदै गएको छ ।
म्यानमारमा गएको ७.९ म्याग्निच्यूडको भूकम्पको पाँच दिनपछि बुधबार म्यानमाको नेपिडोको एक होटल भवन भत्किएको भग्नावशेषबाट २६ वर्षीय एक होटल कर्मचारीलाई उद्धार गरिएको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ ।
आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल नेत्रज्योति सङ्घ र थाइल्यान्डको महिडोल युनिभर्सिटीका बिचमा आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बाजुराका दुई वटा सामुदायिक वनमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
थाइल्यान्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा आज ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् ।
इलामको सन्दकपुरमा आजदेखि दोस्रो रेडपान्डा महोत्सव सुरु भएको छ ।