नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत पश्चिम खण्डमा चैत मसान्तसम्ममा (दाउन्ने पहाडबाहेक) एकतर्फी रूपमा सबै सडक कालोपत्रे हुने भएको छ । अहिले बुटवलदेखि बर्दघाटसम्म कालोपत्रेको काम धमाधम भइरहेको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
बागमती प्रदेश सरकारले बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार रातिबाट अन्त्य गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, हेटौँडामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्न बागमती प्रदेशका प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
यहाँको कसगढ समुदायले उत्पादन गरेका माटोका भाँडाकुँडा बिक्री हुन छाडेपछि ती समुदायका व्यक्तिले पेसा परिवर्तन गर्न थालेका छन् ।
धनकुटाको साँगुरीगढी गाउँपालिका ६, कामफेक छेउमा तीन क्वीन्टन गाँजासहित रातो कारमा सवार एकजना प्रहरीले पक्राउ गरेको छ ।
जाडो सकिएर गर्मी बढ्दै जाँदा मौसम परिवर्तनले निम्त्याउने विभिन्न स्वास्थ्य समस्या लिएर बुटवलका अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
नेपाली कांग्रेस गुल्मीले तेस्रो जिल्ला सम्मेलनको तयारीलाई निकै तीव्रताका साथ अगाडि बढाएको छ । “जनआन्दोलन दिवस” को अवसरमा आगामी चैत २६ र २७ गते तम्घासमा हुन लागेको कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई भव्य र प्रभावकारी बनाउन पालिका तहमा प्रतिनिधि खटाउनुका साथै विभिन्न उपसमिति गठन गरिएको छ ।
भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ ।
नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा प्रदर्शन गर्दैछ । महासंघले आज दिउँसो १ बजेबाट माइतीघर मण्डलामा धर्ना दिन लागेको हो ।
बुधबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत आज बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।
ग्रामीण बस्तीका जनताले गाउँमै स्वास्थ्य सेवा पाऊन् भनेर सरकारले गाउँपालिकामा १० शय्या र नगरपालिकामा १५ शय्या अस्पताल निर्माण नहुँदा सहज रूपमा औषधी उपचार पाउन सकेका छैनन् ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
म्याग्दीको मालिका गाउँपालिका–४,ओखरबोटस्थित ओखरबोट माविमा दिवङ्गत आफन्तको सम्झनामा पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको छ । ओखरबोटका स्व. कलबिर पुनको स्मृति तथा सम्मानमा परिवारले सो अक्षयकोष स्थापना गर्नुभएको हो ।
बैतडी जिल्लामै तयार भएको नेपाली कागज बिक्री नहुँदा उत्पादन बन्द भएको छ । स्थानीय वनमै उपलब्ध लोक्ताको बोटबाट नेपाली कागज तयार गरिन्छ । बैतडीमा भएका कार्यालयले लेटरप्याड, चिठीपत्र राख्ने खामलगायतका लागि प्रयोग नगर्दा उत्पादन बन्द भएको हो ।