इजरायली सरकारका प्रतिनिधिलाई अर्को महिना लन्डनमा हुने प्रमुख हतियार प्रदर्शनीमा भाग लिन आमन्त्रण नगरिने भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराका अनुसार काठमाडौँ महानगरपालिका–१७ नयाँबजार नर्सरी चोकस्थित एक घरमा जुवा तास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त, लैनचौर समेतमा खटिएका प्रहरीले पक्राउ गरेको हो।
थाइल्यान्डको संवैधानिक अदालतले शुक्रबार कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको फोन कलमा नैतिकता र संवैधानिक नियम उल्लङ्घन गरेको ठहर गर्दै प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट बर्खास्त गरेको छ ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणालीमा जनमत सिर्जना गर्नुपर्ने बेला आएको बताउनुभएको छ।
चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) को २५ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार चिनियाँ शहर तियान्जिन आउँदैछ ।
नेपाल सरकारले मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने निर्णय गरेको छ ।
भारतको गुवाहिटीमा जारी टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल ‘ए’ ले आसाम क्रिकेट एसोसिएसनको टिमलाई ९६ रनले हराएको छ।
जापानका प्रधानमन्त्री शिगेरु इसिबाले शुक्रबार जापानको प्रविधि र भारतको कच्चा प्रतिभाले आर्थिक सहयोगलाई उत्कृष्ट मिश्रणमा परिणत गर्नसक्ने बताउनुभएको छ ।
दक्षिण कोरियाका अपदस्थ पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन ही र उहाँका पूर्वप्रधानमन्त्री हान डक-सूलाई विशेष अभियोजकले शुक्रबार दोषी ठहर गरेका छन् ।
इजरायली अर्थमन्त्री बेजलेल स्मोट्रिचले हमासले निरस्त्रीकरण गर्न अस्वीकार गरेमा गाजा पट्टीलाई इजरायलमा विलय गर्नुपर्ने प्रस्ताव राख्नु भएको अल जजिराले बताएको छ ।
सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको शिक्षाशास्त्र सङ्काय र परीक्षा शाखामा शुक्रवार तालाबन्दी गरेका छन् ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आगामी भदौ १४ गतेदेखि १८ गतेसम्म (सन् २०२५ अगष्ट ३० देखि सेप्टेम्बर ३) जनवादी गणतन्त्र चीनको पाँच दिने औपचारिक भ्रमणमा जाने भएको छ।
युरोपेली सङ्घ (इयु) का परराष्ट्र नीति प्रमुख काया कालासले इरानको आणविक कार्यक्रम सम्बन्धी विवाद समाधानका लागि आउँदो ३० दिनलाई कूटनीतिक अवसरको रूपमा हेर्नुपर्ने बताउनु भएको छ ।
इन्डोनेसियाको वातावरण मन्त्रालयले देशको कार्बन विनिमय प्रणालीमा निजी क्षेत्र र सरकारी संस्थालाई सहकार्य र व्यापक सहभागिताका लागि अनुरोध गरेको छ ।
नेपालले राँगाको मासु ,दुग्ध पदार्थ, तरकारी फलफूल र जडीबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीन समक्ष आग्रह गरेको छ ।