शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, भदौ १३ गते। प्रहरीले जुवा तास खेल्ने तथा खेलाउने कार्यमा संलग्न ११ जना पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराका अनुसार काठमाडौँ महानगरपालिका–१७ नयाँबजार नर्सरी चोकस्थित एक घरमा जुवा तास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त, लैनचौर समेतमा खटिएका प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले सो स्थानबाट तीन लाख ५९ हजार रुपियाँ नगद र तास बुक ५८ थान बरामद गरेको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिन म्याद थप अनुमति प्राप्त भई प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।