रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बोहोरा र भैरहवा एक अर्काका पर्यायवाची जस्तै हुनुहुन्थ्यो। उहाँको निधनप्रति आबद्ध दल राप्रपा सत्ताधारी दल एमाले, काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), लोसपा, जसपा लगायत राजनीतिक दल र संघसंस्थाले दुःख व्यक्त गरेका छन्।
मंगलबार दिउँसो १ बजे बस्ने भनिएको बागमती प्रदेश सभा बैठक बस्न सकेन । सरकार र प्रतिपक्षबिच सहमति नजुट्दा बैठक स्थगित भएको छ ।
सुदूरपश्चिम प्रदेश सभामा जारी अवरोध हटाउने विषयमा मंगलबार सत्ता गठबन्धन दलबिच छलफल भएको छ । सदन खुलाउने र प्रदेश सभालाई निरन्तर सञ्चालन गर्ने विषयमा सत्तागठबन्धन दलबिच छलफल भएको हो । बैठकमा सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने, सरकारले पर्याप्त मात्रामा विजनेस दिनुपर्ने लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीले बताउनुभयो ।
‘सञ्चो’ भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ । कम्पनिले अन्य विविध उत्पादनहरू गरिरहे पनि ‘सञ्चो’ एक स्थापित ‘ब्रान्ड’ नै भइसकेको थियो । जसले उत्पादक कम्पनीबारे पनि आमनागरिकमा एउटा छाप छोड्दै थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्डको बैंकक आइपुग्नु भएको छ। थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिनेक्रममा उहाँ आथ थाइल्यान्डको बैंकक आइपुग्नुभएको हो।
जन्मदर्ता नहुँदा सडक बालबालिकाले अहिले पनि स्वास्थ्य शिक्षासहित राज्यबाट पाउने कुनै पनि सेवा पाउन नसकेको पाइएको छ ।
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आफूले सेवा, सुविधावापत पाउने सबै रकम समाजसेवामा खर्च गर्नुभएको छ। प्रदेशसभाको अघिल्लो कार्यकालमा समेत सांसद रहनुभएका उहाँले सात वर्षको अवधिमा ७९ लाख ४२ हजार तीन सय २४ रुपियाँ सामाजिक कार्यमा खर्च गर्नुभएको हो।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधीन क्रिकेट स्टेडियमको सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गर्नुभएको छ।
नेकपा एमाले बर्दियाले बर्दियाको गुलरियामा जागरण अभियान सञ्चालन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। नेप्से परिसूचक १६ दशमलव ९५ अङ्कले घटेर दुई हजार ६७६ दशमलव १७ विन्दुमा कायम भएको हो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी रहेको बताउनु भएको छ।
जिल्लाको दोस्रो बालिको रूपमा रहेको गहुँ काट्न किसानलाई भ्याइनभ्याई छ ।
मधेश प्रदेश सरकारले लोकसेवा मार्फत छनोट भएका सहायक पाँचौ तहका स्टाफ नर्सहरूलाई सिफारिस गरेको दुई महिना हुँदा पनि पदस्थापन प्रक्रिया अझै टुङ्गो नलाग्दा स्टाफ नर्सहहरु अन्यौलमा परेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजावादीको नाममा भइरहेको अराजक गतिविधि कुनै ‘ग्रान्ड डिजाइन’ अन्तरगत भएको टिप्पणी गर्नुभएको छ।