प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
अमेरिकाले ब्राजिलबाट आउने वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लगाएपछि, ब्राजिल सरकारले त्यसको प्रतिक्रिया स्वरूप के–के कदम चाल्न सकिन्छ भन्ने विषयमा गम्भीररूपमा विचार गरिरहेको छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका-१ स्थित नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको सम्पर्क कार्यालयमा लगाइएको ताला खुलेको छ ।
संयुक्त राष्ट्रसंघीय खाद्य एजेन्सीका प्रमुख सिन्डी म्याककेनले बिहीबार गाजामा पर्याप्त खाद्यान्नको अभाव देखिएको र तत्काल थप मानवीय सहायताको आवश्यकता रहेको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छलफल गरेको जानकारी दिनुभएको छ ।
ललितपुर महानगरले उद्यमी महिलाको उत्पादनलाई बजारसम्म पुर्याउन एलएमसी हाटबजार एप सार्वजनिक गरेको छ ।
जापानको रक्षा मन्त्रालयले शुक्रबार गरिएको अर्को रेकर्ड खर्चको अनुरोधअन्तर्गत आफ्नो ड्रोन शस्त्रागारलाई ठूलो मात्रामा बढाउने लक्ष्य सार्वजनिक गरेको छ । यो कदम ‘गम्भीर रूपमा बढ्दो सुरक्षा वातावरण’ का चुनौतीहरूलाई सामना गर्न उठाइएको हो ।
वैदेशिक रोजगारीका क्रममा मलेसियामा निधन भएका सप्तरीको रुपनी गाउँपालिका २ हरिरावाटोल निवासी दिपककुमार रामको परिवारलाई गाउँपालिकाले राहत उपलब्ध गराएको छ ।
पछिल्लो समय ढोरपाटनमा आउने पर्यटकले घोडामा यात्रा गर्न रुचाउने गर्छन् ।
सुदूरपश्चिम पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै लगानी गर्न आह्वान गरिएको छ ।
बनबासा पुल भएर नेपाल–भारत प्रवेश गर्ने ठुला सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको हो ।
उत्तरी गोरखाको माछीखोला-लार्के भञ्ज्याङ सडक अनिश्चितकालका लागि बन्द भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वीरगञ्ज आसपासमा देखिएको हैजा सङ्क्रमण नियन्त्रणका लागि अत्यावश्यक औषधि र जनशक्ति तम्तयार अवस्थामा राख्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेसका नेता एवं नेपाल शिक्षक सङ्घ बाराका सदस्य चौधरीको भदौ ६ गते मेडिसिटी अस्पतालमा भएको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आलु प्रवर्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा १३ कृषक समूहमार्फत् एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो ।
कैलालीको गोदावरी नगरपालिका–९ भल्कास्थित खुटिया नदीमा बिहीबार डुबेर धनगढीका चार किशोरको ज्यान गएपछि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी शोकमा डुबेको छ ।