गण्डकी प्रदेशसभाको मनाङ प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र नं. २ मा उपनिर्वाचन मिति तोकिएको छ। निर्वाचन आयोगले शुक्रबार बसेको बैठकले सो क्षेत्रमा मिति २०८२ कात्तिक १७ गते सोमबारका दिन उपनिर्वाचन गर्ने निर्णय गरेको हो।
इरानमा यस वर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा ८४१ जनालाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कविमा मात्र सामान्य विषयलाई असामन्य देख्ने र मिठासयुक्त बनाई पस्कन सक्ने उच्चकोटीको चेत हुने बताउनुभएको छ ।
गयराति करिब १० बजेको समयमा बस्तीमाथिबाट खसेको पहिरोले क्षति गर्दा म्याग्दीको मालिका गाउँपालिका –४,ओखरबोटका तीन घर विस्थापित भएका छन् ।
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर साधारणतया मौसम बदली रही केही स्थानमा वर्षा हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ तीन दिने मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै अहिले मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको जानकारी दिएको छ ।
चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) को २५ औँ शिखर सम्मेलन र जापानी उपनिवेशविरुद्ध चीनले विजयी प्राप्त गरेको र विश्व फासिस्ट विरोधी दिवसको ८० औँ वार्षिकोत्सवमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार चिनियाँ शहर तियान्जिन आउँदैछ ।
भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको २३ लाख रुपियाँभन्दा बढीको औषधी सशस्त्र प्रहरीले सीमा नाकानजिकबाट बरामद गरेको छ ।
भूमि समस्या समाधान आयोग बागलुङले आफ्नो कामलाई द्रुतगतिमा अगाडि बढाएको छ । आयोगले जिल्लाका विभिन्न पालिकामा निस्सा वितरण र पुर्जा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगाएको हो ।
सर्लाहीको लालबन्दी नगरपालिका–८, खतिवडा चोकबाट प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।जिल्लाको चुरेवर्ती क्षेत्र लालबन्दी नगरपालिका –१४, नारायणखोला कामिटारका २० वर्षीय सन्ते ब्लोन गाँजासहित पक्राउ परेका हुन् । चुरेभेगबाट गाँजा ल्याइँदै गरिएको सूचना पाएपछि प्रहरी टोली परिचालन भएको थियो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभएको छ।
जिल्ला समन्वय समिति(जिसस)लाई अधिकारबिहीन बनाउँदै उपेक्षा गरिएको भन्दै गण्डकी प्रदेशका जिसस प्रमुखले चाँडै कानुन निर्माण गर्न आग्रह गर्नुभएको छ।
संघसंस्था ऐन–२०८२ को मस्यौदा विधेयकप्रति बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले गम्भीर ध्यानाकर्षण जनाएको छ।
नवलपरासीको सदरमुकाम परासीदेखि बर्दघाट नगरपालिकाको नारायणचोकसम्म जोड्ने साढे १२ किलोमिटर हुलाकी सडक निर्माण थालेको एक दशक हुन लाग्दा समेत निर्माण सम्पन्न भएको छैन ।
नापी कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध पाँच करोड ७९ लाख ६२ हजार ४४० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यस प्रदेशमा लगानीका लागि निजी क्षेत्रलाई स्वागत गर्न प्रदेश सरकार आतुर रहेको बताउनुभएको छ ।