भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपान्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ । रेडपान्डा संरक्षणका लागि जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिएको हो ।
प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मङ्गलबार बिहान बसेको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो ।
लिफ्ट आयोजनाअन्तर्गत कालीगण्डकी नदी किनारको मुलमा रिर्जभ ट्याङकी बनाएर ७ सय मिटरमाथि र झण्डै १० किलोमीटरको दुरीमा तीन वटा ट्याङकी निर्माण गरेपछि बागलुङ नगरपालिका १४ नारायणस्थानका एक हजार बढी घरमा खानेपानीको सुविधा पुगेको छ ।
भारतमा यस गर्मीमा सामान्यभन्दा बढी तापक्रम हुने अपेक्षा गर्न सकिने र गर्मीका अधिक दिनहरूले जीवन र जीविकोपार्जनमा प्रभाव पार्ने मौसम कार्यालयले चेतावनी दिएको छ ।
प्रतिनिधि सभा बैठक
मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको बबई बहुमुखी क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलका तर्फबाट नेपाल विद्यार्थी सङ्घका सुन्दरम गुप्ता विजयी हुनुभएको छ ।
जापानका प्रधानमन्त्री शिगेरु इसिबाले मङ्गलबार अमेरिकी करबाट प्रभावित व्यवसायहरूका लागि करिब एक हजार ‘परामर्श केन्द्र’ स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
सङ्घीय संसदका दुबै सदनको चालु अधिवेश अन्त्य भएका छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार राति १२ बजेदेखि लागु हुने गरी संसद् अधिवेशन अन्त्य गर्नुभएको हो ।
मकवानपुरको कैलाश गाउँपालिका ६ मा लागुऔषध कारोबारीले लुटेर लगेको प्रहरीको पेस्तोल फेला परेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहोराको निधन भएको छ । पोस्ट कोभिडको साइट इफेक्टले बोलीमा समस्या भएर लामो समयदेखि थेरापी गराउँदै आउनुभएका बोहोराको मङ्गलबार बिहान निधन भएको हो ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा बिना दर्ता सञ्चालनमा रहेका निजी विद्यालयहरू बन्द गरिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाको गोदाममा खाद्यान्न मौज्दात सन्तोशजनक देखिएको छ ।
कालीकोटको तिलाकर्णाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अखिल क्रान्तिकारी हिक्मत सिंह विजयी हुनुभएको छ ।
त्रि–चन्द्र बहमुखी क्याम्पसमा मङ्गलबार बिहानदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान जारी रहेको छ । त्रि–चन्द्रका क्याम्पस प्रमुख प्रा.डा. निलम श्रेष्ठ प्रधानका अनुसार सोमबार विद्यार्थीको सर्वदलीय बैठक बसेर सहमति भएपछि आज बिहानदेखि मतदानको वातावरण बनेको हो ।
सोमबार प्रतितोला रु एक लाख ७७ हजार ९०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार ८०० ले बढेर रू एक लाख ७९ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।