समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
अछाममा छाउपडी (महिनावारी) बारेर त्रिपालमा बसेकी एक युवती र एक बालिकाको ढुङ्गा लागेर मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुल नजिक ‘पार्क’ गरिएको बसमा द्रुत गतिमा हुँइकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ ।
यहाँस्थित भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका २५९ जना भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र प्रदान गरेको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
सर्लाही प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामनगर गाउँपालिका–७, सिसौटका २५ वर्षीय किसन महरा र बागमती नगरपालिका–४, जिरायतका १८ वर्षीय श्याम महरा रहेका छन् ।
मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ ।
आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो ।
“हमरा नई लगैछल जे हमर बेटी बाज सकत, मुदा एकर जिनगीमे कायापलट भगेल,” (मलाई लाग्दैनथ्यो, हाम्री छोरी बोल्न सक्नेछिन्, तर उनको जिन्दगीमा नसोचेको प्रगति भयो) जलेश्वर नगरपालिका–११ पिगौनाको वनटोलबा बस्तीकी ३५ वर्षीया वविता पण्डित कुम्हालले बौद्धिक अपाङ्गता भएकी छोरी ११ वर्षीया रचनालाई देखाउँदै भन्नुभयो, “आब त हमर बेटी लिखपढसँगें कतेको चित्रसभ बनबैत अछि” (अब त हाम्री छोरी लेखपढ गर्नसँगै कैयौँ चित्र बनाउने भएकी छन्) ।
गाउँलेको अत्याधिक बसाइँसराइ भएपछि गोरखाका गाउँपालिकाहरूको सेवा दिने तौरतरिका पनि फेरिन थालेको छ । अहिले गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीलाई गोरखा बजार, चितवन र काठमाडौँमा खटाउन थालेका छन् ।
हल्दीबारी गाउँपालिका–गोलधाप बजार । बिहान सबेरै बजारका पसल क्रमशः खुल्दै थिए । तर एउटा कुनामा रहेको पुरानो पसलभित्र भने ठकठक, टकटक गर्दै फलाम कुटेको आवाज सुनिरहेको थियो । सानो कारखानाभित्र ७० वर्षे रामकुमार बराइली हथौँडाले फलाम पिटीरहनुभएको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४० रुपैयाँ ५१ पैसा कायम भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई बिहान १०ः०० बजेदेखि लाइनमा राखेर ‘टोकन’ मार्फत फारम भराउने गरिएको छ । तर एउटा ठाउँ, एक जनामात्र कर्मचारी हुँदा राति अबेरसम्म पनि धेरै सेवाग्राही त्यसै फर्कन बाध्य छन् ।
कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ । माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो । तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुनसकेको छैन ।
बेनी नगरपालिका–२ मा रहेको कोप्रे झरना गर्मी छल्ने थलोका रूपमा विकास भएको छ । गर्मीयाममा शीतलताको खोजी गर्दै बेनीका बासिन्दा कोप्रे झरनामा पुग्न थालेका हुन् ।