समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
गुल्मी अस्पतालको भवन निर्माण कार्य दुई वर्षमा सक्नुपर्नेमा चार वर्ष हुँदासमेत सम्पन्न हुन सकेको छैन । दुई वर्षमा निर्माण कार्य सक्नुपर्ने सम्झौता भए पनि करिब चार वर्ष बित्न लाग्दा ८४ प्रतिशत मात्रै काम सम्पन्न भएको निर्माण व्यवसायीको भनाइ छ ।
तराईमा गर्मी बढेसँगै विषालु सर्पको बिगबिगी सुरु भएको छ । सर्प उद्धारकर्ता भनेर चिनिने चेतबहादुर सारू अर्थात् सारू कान्छाले चैत सुरु भएयता दैनिक रूपमा एक/दुई वटा विषालु सर्पको उद्धार गर्दै आएको बताउनुभयो ।
आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा लैजाने गर्नुहुन्थ्यो । रामपुरबाट गाडीमा ढुवानी गरेर भैरहवा लैजान त्यत्ति सहज भने छैन । उत्पादित आलु बिग्रन नदिन ढुवानी खर्चेर सुरक्षितसाथ राख्न भैरहवास्थित शीतभण्डारणमा लैजाने गरेको उहाँले सुनाउनुभयो ।
मिथिलाञ्चलसहित तराई–मधेसका जिल्लामा सोमबारदेखि चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म मनाइने चैती छठ पर्व सोमबारदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु भएको हो ।
मुलुकमा शान्ति स्थापना होस् भन्ने कामनाका साथ पशुपति क्षेत्रमा गरिएको देशोद्वार पूजासहितको वत्सलेश्वरी जात्रा समापन भएको छ ।
नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो ।
अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ ।
रुख कटान आदेश नआउँदा कैलालीमा चिसापानी–कुइने कालोपत्रे सडक निर्माण प्रभावित भएको छ । सडक अधिकार क्षेत्रमा परेका रुख नहटाइएकाले निर्माण कम्पनीले काम अगाडि बढाउन नसकेको हो ।
एक वर्षअघि नमुना जहाज उडाएर चर्चा पाएका कैलालीका आर्यन विश्वकर्माले हालै मेडिकल ड्रोन बनाउन सफल हुनुभएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्राविधिक समस्या सुल्झाएर दुग्ध विकास संस्थान सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइने बताउनुभएको छ ।
विशेष परिस्थिति भनेर धकेलिँदै आएको नेकपा (एमाले) अछामको जिल्ला अधिवेशन आउँदो वैशाखमा गरिने भएको छ । सो पार्टीको पाँचौँ जिल्ला सचिवालय बैठकले नवौँ जिल्ला अधिवेशन आउँदो वैशाख १३ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको उपसचिव डम्बर बिसीले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कुनै व्यक्तिका लागि व्यवस्थालाई बदनाम गर्दै त्यसको विकल्प नखोज्न सुझाव दिनुभएको छ । उहाँले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो भन्दै राजावादीले गरेको आन्दोलन व्यक्तिकेन्द्रित भएको बताउनुभयो ।
नेपाल टेलिकमले मुगु सदरमुकाम गमगढीसम्म एडिएसएस प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको छ ।
सोमबार एकै दिन चार वटा वनमा आगलागी भएको छ । गुच्ची च्याउ र घाँस राम्रो उम्रियोस् भनेर अज्ञात व्यक्तिले वनमा आगो लगाएको बताइएको छ ।