गुणबहादुर रोकासुलीकोट, चैत १९ गते । सुस्त मनस्थिति भएकी नवबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका – ८ स्थायी घर भएका ४२ वर्षीय सुचन्द्र गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो । जन्मजात सुस्त मनस्थिति भएकी बालिकालाई चैत १५ गते दिउँसो २ बजेको समयमा जबरजस्ती करणी गरेको आरोपमा पीडितको आफन्तले दिएको जाहेरी दरखास्तको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ताप्लेजुङमा जङ्गलमा लागेको डढेलो निभाउने क्रममा दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै डढेलो घटनामा दुई साताको अवधिमा दुई जनाको मृत्यु भएको हो ।
पूर्वी पहाडलाई जोड्ने ‘लाइफ लाइन’ सडकका रूपमा रहेको मेची राजमार्गको बिग्रिएको स्थानको वैकल्पिक मार्ग सञ्चालन गर्न बेलिब्रिजको काम सुुरु गरिएको छ । मेची राजमार्ग अन्तर्गत गोदकको सिमलगोलाई–तिल्केनी सडकबिचमा पर्ने जोगमाई खोलामा बेलिब्रिज राख्ने काम थालिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताउनुुभयो ।
हरिकृष्ण ऐडीमुगु, चैत १९ गते । रारा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा जयलक्ष्मी रावल भाम निर्वाचित हुनु भएको छ । चैत १८ गते सम्पन्न निर्वाचनबाट ७३ मत प्राप्त गरी जयलक्ष्मी सभापतिमा निर्वाचित भएकी हुन् ।उहाँ नेपाल विद्यार्थी सङ्घबाट उम्मेदवारी दिनुभएको थियो । त्यसै गरी, अखिल क्रान्तिकारीबाट सचिवमा औसरा बुढा, कोषाध्यक्षमा नेपाल विद्यार्थी सङ्घकी पञ्चमा सेजुवाल विजयी भएकी छन्। यस्तै अखिल क्रान्तिकारीका मनोज शाहीले ६७ मत र अनेरास्ववियुका रेखा कार्कीले ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत लाल केशर रोकायाले जानकारी दिनुभयो।निर्वाचन अधिकृत रोकायाका अनुसार समानुपातिक तर्फ अखिल क्रान्तिकारीले ९ मत,अनेरास्ववियुले ६५ मत, नेविसंघले ५८ मत र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले ६ मत प्राप्त गरेका छन् भने ७ मत बदर भएका छन् ।
धनुषाको मिथिला नगरपालिका–२ स्थित सुकुमवासी बस्तीमा पानीको चरम सङ्कट उत्पन्न भएको छ । बस्तीमा रहेका तीन इनारमध्ये दुई वटामा पानी सुकेपछि समस्या उत्पन्न भएको हो ।
सम्झौता भन्दा पाँच महिना अगाडि नै यहाँ निर्माणाधीन पुल सम्पन्न हुने भएको छ । व्यास नगरपालिकाको वडा नम्बर १ र २ जोड्ने बुल्दी खोलामाथि कराङकाठ, बसपार्क जाने सडकमा निर्माणाधीन पुल सम्पन्न हुने भएको हो ।
सर्केगार्ड, अदानचुली गाउँपालिका र मुगु जिल्लाको सोरूँ गाउँपालिकालाई जोड्ने तुम्चको कर्णाली नदीमा निर्माण सुरु भएको बेलिब्रीज अलपत्र अवस्थामा रहेको छ । पुल निर्माण नभएपछि स्थानीयवासीले सास्ती खेप्न बाध्य छन् ।
दुई दिनको अवधिमा मुस्ताङमा करिब १४ हजार स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका छन् ।
लमजुङमा राजनीतिक दलनिकटका शिक्षक नेताले प्राथमिक तहका नवनियुक्त शिक्षकलाई नियुक्तिपत्र वितरण गरेका छन् । शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्ने बहसलाई सो घटनाले चुनौती दिएको सरोकारवालाले टिप्पणी गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन झोलुङ्गे पुल वर्षा सुरु हुनुअगावै निर्माण सम्पन्नको चरणमा रहेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित चार वटा पुल निर्माणका
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
बजेट अभावका कारण घोराही उपमहानगरपालिका–८ स्थित मर्पाडाँडा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माणको काम रोकिएको छ । दुई वर्षअघि निर्माण सुरु भएको सहरी स्वास्थ्य केन्द्रको भवन गत वर्षदेखि ठप्प रहेको छ ।
कोकिला भण्डारी धनकुटा, चैत १९ गते । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ ।धनकुटाको साँगुरीगढी गाउँपालिका ८, सिन्कुलामा उक्त टोलीले २ जनालाई बारुदसहित पक्राउ गरेको हो । प्रहरीले साँगुरीगढी गाउँपालिका ८, सिन्कुलाका ३२ वर्षीय तेज कुमार बिक र ३८ वर्षीय मनभा राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ४६ प्रतिशत काम सम्पन्न भएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।