वेदकालमा सन्तान अनिवार्य आवश्यकता मानिन्थ्यो । वेदका अनेकौँ ऋचामा सुसन्तानयुक्न हुन पाऊँ, सन्तानहीन घरमा रहन नपरोस् भन्ने खालका अभिव्यक्ति भेटिन्छन् ।
कर्णाली राजमार्गको विभिन्न खण्डमा कतै पहिरो र कतै सडक भासिदा पुनः अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालिकोट जिल्लाको विभिन्न खण्डामा पहिरो आउँदा र सडक भाँसिदा अवरुद्ध भएको हो ।
स्याङ्जाको भीरकोट नगरपालिकाले सबै वडामा डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । नगरपालिकाले परम्परागत फ्लेक्स प्रिन्टमा भित्तामा झुड्याइने नागरिक बडापत्रलाई विस्थापित गर्दै यहाँ डिजिटल वडा पत्र प्रयोगमा ल्याएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्ज वरपरका वन क्षेत्रमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएसँगै समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा लिने क्रमसमेत बढ्दै गएको छ । वन्यजन्तु बस्तीमा पसेर आक्रमण गर्न थालेपछि त्यस्ता वन्यजन्तुलाई बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालय बर्दियाले लट्ठ्याएर नियन्त्रणमा लिने डार्ट प्रविधिबाट समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा राखेर पालनपोषण गर्ने गरिएको छ ।
बर्दियाको बाँसगढी नगरपालिकाका स्वास्थ्य बिमा गरेका बिरामीले नगरपालिकाका स्वाथ्य चौकी र नगर अस्पतालमा बिमाको कार्यक्रम लागु नहुँदा सास्ती खेप्नु परेको बताएका छन् । नगरपालिकामा दक्ष चिकित्सक र सुविधासम्पन्न नगर अस्पताल नहुँदा बाँसगढी नगरपालिकावासी प्रथम सेवा लिनका लागि बाँके जिल्ला धाउन बाध्य छन् ।
आगामी कात्तिक १७ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले रुपन्देही–३ मा आन्तरिक तयारीलाई तीव्रता दिएको छ । पार्टी महामन्त्री विश्वप्रकाश शर्मा साउन र भदौमा दुई पटक स्थलगत अवलोकन गर्दै स्थानीय नेता कार्यकर्तासँग छलफल गरी पार्टीको अवस्था, समस्या र समाधानका उपायबारे सुझाव लिनुभएको छ ।
सुदूरपश्चिमको मौलिक पर्व गौराको शुक्रबार दोस्रो दिन गंगा गौराको रुपमा न्वालको गौराको पूजाआजा गरी मनाइँदै छ ।
छोरी बचाऊ अभियान अन्तर्गत ‘नगरकी छोरी’ कार्यक्रम यहाँ प्रभावकारी हुँदै गएको छ । यो कार्यक्रमलाई कार्यान्वयन गरिरहेको बागलुङ नगरपालिकाले दुई वर्षको अवधिमा १६८ जना छोरीको खातामा आठ लाख ४० हजार रुपियाँ जम्मा गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री बानियाँले प्रतिष्ठान
लगातारको वर्षातले बाह्रबिसे–कोदारी लोकमार्गको कोदारीखण्ड(इको)मा पहिरो जाँदा तातोपानी भन्सार आउन लागेका एक हजार पाँच सय बढी मालबाहक कन्टेनर चिनियाँ क्षेत्रमा रोकिएका छन् ।
कर्णाली प्रदेश सरकार विपत् न्यूनीकरण र प्रतिकार्यमा अग्रसर देखिएको छ । विपत्को जोखिममा रहेको कर्णाली प्रदेशमा हुन सक्ने क्षतिलाई कम गर्नका लागि विपत् न्यूनीकरणका नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश सरकारले पहिलो पटक विपत् न्यूनीकरणका लागि घर बिमा कार्यक्रम सञ्चालन गरेको छ भने विपत् बिमा कार्यक्रम पनि सञ्चालन गरेको छ । पत्रकार स्वास्थ्य बिमा पनि सञ्चालन भएको छ । यी कार्यक्रमबाट कर्णाली प्रदेशका झन्डै १७ लाख बासिन्दा लाभान्वित भएका छन् ।
गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीको देउराली पार्क पर्यटकीय गन्तव्य बनाउने गरेर पर्यटकीय संरचना निर्माणको काम अगाडि बढाइएको छ ।
एक वर्षको अवधिमा हुम्लामा नौ वटा नयाँ झोलुङ्गे पुल निर्माण भएका छन् । छ वटा गाउँपालिकामा पर्ने खोला तथा कर्णाली नदीमाथि ती झोलुङ्गे पुल निर्माण भई सञ्चालनमा आएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा नौ वटा झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर झुलबहादुर शाहीले बताउनुभयो । निर्माण भएर सञ्चालनमा आएका झोलुङ्गे पुलमा चार वटा स्नोल्यान्ड एकीकृत विकास केन्द्र र हिमालयन कन्जरभेसनको समन्वययमा निर्माण गरिएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
भूमि समस्या समाधान आयोग दार्चुलाले यहाँका ७२ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपूर्जा वितरण गरेको छ । विगतका आयोग, समिति र कार्यदलबाट काम बाँकी रहेका अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले जानकारी दिनुभयो ।