नारद कोहार
तौलिहवा (कपिलबस्तु), भदौ १२ गते । कपिलबस्तु नगरपालिका – १० तौलिहवा जितपुर सडक खण्डको पचेहरामा बम विष्फोट भएको छ । तौलिहवा जितपुर सडकखण्डको पचेहरा हाटबजारको बिचबाटोमा बम विष्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पडकेको आवाज आएको छ, खाल्डो भएको छ बम होकि के हो यकीन हुन सकेको छैन ।” घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।