मध्यनेपाल नगरपालिका–६, काउरेको ज्वाला आधारभूत स्कुल परिसरबाट देखिएको भोर्लेटार फाँटको धानखेती, ईशानेश्वर क्याम्पसको खेलमैदान र आसपासका क्षेत्र।
सो प्रतियोगितामा नेपालको तर्फबाट पुरुषोत्तम सिलवाल र सिन्दिरा जोशीले सहभागिता जनाउनुभएको छ।
नलगाड नगरपालिका–१२ को ओलगुत्ता र रुकुम पश्चिम आठबिसकोट नगरपालिका–६, दामाचौरस्थित भेरी नदीको किनारामा रहेको गाउँहरु ।
सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ।
सियाको गणराज्य क्याल्मिकिया स्थित एलिस्तामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट र्यापिड बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपालमा वर्तमान परिस्थिति सिर्जना हुनुमा वैदेशिक हस्तक्षेपको डिजाइन रहेको बताउनुभएको छ ।
देशको पछिल्लो परिस्थिीत तथा चाडपर्वको समयमा सुरक्षा खतरा बढ्न सक्ने भन्दै पश्चिम बागलुङको बडिगाड गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रि खर्वाङ बजारबासीले बजार सुरक्षा समन्वय समिति गठन गरेका छन् ।
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अन्तर्राष्ट्रिय ऋण मूल्याङ्कन संस्था ‘फिच’ ले देशको ऋण रेटिङ उक्लाएको घटनालाई आफ्नो सरकारको आर्थिक अनुशासन र कडाइयुक्त नीति सफल भएको सङ्केतका रूपमा स्वागत गर्नु भएको छ ।
बोलेरोको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ ।
यसअघि नै समूह ‘बी’बाट सुपर चारमा पुगेको भारतले समूहको तेस्रो तथा अन्तिम खेलमा शुक्रबार राति ओमानलाई २१ रनले हरायो ।
युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
वरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माको आत्मकथात्मक पुस्तक “जिवन प्रवाह” को विमोचन गरिएको छ ।
नेपाल सरकारले अनुमोदन गरेको १८ वर्षसम्म पनि आइएलओ १६९ अभिसन्धी, संयुक्त राष्ट्र सङ्घीय घोषणापत्र २००७, सिड कार्यान्वयन नगरेपछि आदिवासी संघ संस्थाले सरकारलाई दवाव दिनेगरी फ्रेमवर्क बनाउने गरी छलफल सुरु गरेका छन् ।
सन् २०२४ को सुरुदेखि अफ्रिकामा ‘एमपक्स’ नामक रोगका कुल एक लाख ९० हजारभन्दा बढी घटना रिपोर्ट भएका छन् भने मृत्यु सङ्ख्या लगभग दुई हजार पुगेको छ ।
वीरगन्ज महानगरले चालु आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजित गरिएको बजेट पुनःनिर्माणमा केन्द्रित गरेको छ । महानगरले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको तोडफोड र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि बजेट खर्च गर्ने भएको हो ।