प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गर्नुभएको छ।
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सत्ताको लोभबाट बाहिर निस्किन नसकेको बताउनुभएको छ।
झापाको बिर्तामोडको एक सुधार केन्द्रमा रहेकी एक महिलाको शौचालयमा लडेर ज्यान गएको बताइएको छ । बिर्तामोडस्थित क्षितिज महिला विकास समाज सुधार केन्द्रको शौचालयमा लडेर घाइते हुनुभएको इलाम नगरपालिका–४ बरबोटे बस्ने ५० वर्षीया जीवनकला काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
धनुषा जिल्लाको सहिदनगर नगरपालिका–५, बासुदेवपट्टीमा विष सेवनबाट तीन जना बालबालिकाको मृत्यु भएको छ भने एक महिलाको अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ ।
लामो समयदेखि गहिरो जरा भएको स्वतन्त्रता आन्दोलनका लागि परिचित क्युबेकले डोनाल्ड ट्रम्पको तीखो आक्रमणको सामना गर्दै क्यानडाको भागका रूपमा आफ्नो पहिचानलाई दुर्लभ जोशका साथ अँगाल्दै आएको छ ।
सिरहा र धनुषा जिल्लाको सिमानामा रहेको कमला नदी हुलाकी सडक भएर आउने जाने प्रत्येक मोटरसाइकलाई बाँसको पुल तर्न २० रुपियाँ लाग्छ।
बैतडीको मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकाले आधारभूत तहको ग्रेडवृद्धि परीक्षा स्थगित गरेका छन्।
खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ । मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै मन्त्री यादवले यस्तो बताउनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीका अवसरमा मङ्गलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भावी दिशाबारे मन्तव्य व्यक्त गर्दै लेनिनको जन्मजयन्तीका दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको बताउनुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो।
बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध मङ्गलबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।
शिक्षक अन्दोलनका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।गत चैत २० गतेदेखि शिक्षक आन्दोलनकै कारण हुम्लामा २१ दिनदेखि सम्पूर्ण विद्यालयमा पठनपाठन ठप्प भएको हो।
न्युजिल्यान्डको सत्ता गठबन्धनको एउटा लोकप्रिय पार्टीले मङ्गलबार ‘क्यान्सरयुक्त सामाजिक इन्जिनियरिङ’ को विद्यमान ‘जागृत विचारधारा’ को निन्दा गर्दै पुरुष र महिलाको जैविक परिभाषा लागू गर्न कानुन प्रस्ताव गरेको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिक सत्र २०८२ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ ।