सन्तोष दहित
दाङ, असोज ४ गते । वरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माको आत्मकथात्मक पुस्तक “जिवन प्रवाह” को विमोचन गरिएको छ ।
राजनीति, पत्रकारिता, साहित्य र समाजसेवामा सक्रिय रहँदै आएका शर्माले पुस्तकमा आफ्ना जीवनअनुभव र आत्मकथा समेट्नुभएको छ । “मलाई निष्क्रिय जीवन मन पर्दैन”, “तीनचोटि पढ्न भनेर भागेको छु”, “त्यतिबेला दाङमा राति स्कूल धेरै खुले”, “चौथो सालमा हात उठुवा चुनाव भयो” र “मेरा लागि जेल युनिभर्सिटी जस्तो पो भयो” जस्ता अनुभूति पुस्तकमा समावेश छन् ।
त्यस्तै, “नागरिक समाजको अग्रभागमा जनसागर उर्लियो”, “अन्तरिम व्यवस्थापिकाको सांसद र प्रेस काउन्सिलको अध्यक्ष हुँदाको अनुभव” लगायतका घटनामा आफ्नो भुमिकाबारे पनि शर्माले पुस्तकमा लेख्नुभएको छ । यस्तै अक्षयधाम र वृद्धाश्रम, विपश्यना र शान्ति क्षेत्र, ज्ञानगुन र सुखदुःखका कथा, आफूले गरेका भूलचुक र पाएको शिक्षा, गद्यन्त्रमा केही मन्थन, लक्ष्यसाथ अघि बढ्दा सहयोगीको अभाव भएन, जीवनको अन्तिम चाहना स् विश्व शान्ति र आत्मवृत्तान्तका अन्तिम हरफ जस्ता विषयवस्तु पनि समावेश गरिएको छ ।