जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि जनमत पार्टीबाटै मुख्यमन्त्री बन्नुभएका सतिशकुमार सिंहले शनिबारसम्म राजीनामा दिनु भएको छैन।
अफगानिस्तानमा करिब आठ महिनाको हिरासतमा रहेका एक वृद्ध बेलायती दम्पती शनिबार स्वदेश फर्किने कतारी अधिकारीहरूले जनाएका छन् ।
यस अघि भएको घातक बम विस्फोटपछि स्थगित भएको चमन सीमा हुँदै अफगान शरणार्थीहरूको फिर्ती शुक्रबार पुनः सुरु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गर्नुभएको छ।
ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायतका प्रमुख युरोपेली विमानस्थल शनिबार “साइबर-सम्बन्धित अवरोध”बाट प्रभावित भएको जनाइएको छ ।
गत ३० वर्षमा महिला र बालिकाको अधिकार र समानताका लागि अन्तर्राष्ट्रिय पहल अन्तर्गत, १०६ देशहरूले १९१ प्रतिबद्धता जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चार माध्यमले आफूमाथि अत्यधिक नकारात्मक समाचार सम्प्रेषण गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको धम्कीबाट विश्व समुदायलाई नआत्तिन आग्रह गर्नुभएको छ ।
मोरङको जहदा गाउँपालिका–५, केवरत टोलमा शनिबार बिहान खाल्डोमा डुबेको अवस्थामा शव भेटिएको छ ।
हरिवन–क्यानेश्वर सडक अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका १ र ८ को सिमामा पर्ने चापिनी खोलामा पुल निर्माण भएपछि आवत जावतमा सहज भएको छ ।
जेनजी आन्दोलनको क्रममा ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माण गरिएको रेस्क्यू हाउस (आपतकालीन उपचार कक्ष) तथा टि हाउस (चिया घर) भवनमा आगजनी हुँदा साढे एक करोड बढीको क्षति भएको छ । पाथीभरा धाम प्रवेशद्वार नजिक रहेको रेस्क्यू हाउस र टि हाउसमा आगजनी हुँदा एक करोड ५५ लाख १८ हजार रुपियाँ बराबरको क्षति भएको हो ।
गण्डकी प्रदेशलाई भारतीय सीमासँग जोड्ने कोरला–त्रिवेणी सडक खण्डमध्ये वगुवन–त्रिवेणी खण्ड सरसफाइमा स्थानीय जुटेका छन् ।
जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगन गरिएको छ। जेनजी प्रदर्शनपछि सुनसान र खण्डहर जस्तै बनेको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारमा मर्मत र रङरोगनले चहलपहल बढेको छ।
पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा पहिरो जाँदा आइतबार बिहानदेखि सडक अवरुद्ध भएको छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ।