• ४ असोज २०८२, शनिबार

खाल्डोमा पुरुषको शव फेला

blog

खेमराज सापकोटा

रानी (मोरङ), असोज ४ गते । मोरङको जहदा गाउँपालिका–५ केवरत टोलमा शनिबार बिहान खाल्डोमा डुबेको अवस्थामा शव भेटिएको छ । 

विराटनगरस्थित एक कस्मेटिक पसलमा काम गर्ने ४५ वर्षीय पुरुष हरि राय शुक्रबार राति साइकलमा घर फर्किरहेका थिए । राति घर नपुगेपछि खोजी गर्ने क्रममा शनिबार बिहान ६ः२० बजे उहाँको शव घरनजिक रहेको करिब दुई फिट गहिरो खाल्डोमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार, राय साइकलबाट लडेर खाल्डोमा परेपछि उठ्न नसक्दा डुबेर ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान छ । घटनास्थलमै उहाँको साइकल पनि भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओली नेतृत्वको टोलीले घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।