होमराज रानाभाट
दाउन्ने, असोज ४ गते। पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा पहिरो जाँदा आइतबार बिहानदेखि सडक अवरुद्ध भएको छ।
निर्माण भइरहेको दाउन्ने खण्डको १४ किलोमिटर भागमा दर्जनौँ ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो। सडकको १४ किलोमिटर भागमा अहिले सडक विस्तारको काम भइराखेको छ।सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।