नेकपा (एमाले) गौर नगर कमिटिको नवौँ नगर अधिवेशन वैशाख १८ गते हुने भएको छ । एमाले गौर नगर कमिटीको निर्णय अनुसार वैशाख १८ गते अधिवेशन हुने पालिका इन्चार्ज श्यामसुन्दर पटेलले बताउनुभयो ।
कास्कीको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८,बन्दीमा निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत बाराका हरिओम चौधरीको मृत्यु भएको छ ।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सब स्टेसन निर्माण सुरु गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगन्ज र नेपाल नेत्रज्योति सङ्घबिच आँखा उपचार सेवा प्रवाह, क्षमता अभिवृद्धि र जनशक्ति आदानप्रदानलाई सहज तथा प्रभावकारी बनाउन आपसी सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बिमामा अनावश्यक दाबी बढ्दा भुक्तानीमा समस्या देखिएको भन्दै अनावश्यक परीक्षण नगर्न र उपचार गर्दा प्रोटोकलअनुसार गर्ने व्यवस्था मिलाउन सहयोगका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रचार गरेको छ ।
सुदूरपश्चिमका पहाडी गाउँमा चिउरी र तोरी पेल्न प्रयोग हुने ‘कोल’ लोप हुन थालेको छ । परम्परागत साधन लोप हुँदै गएपछि ग्रामीण भेगका चिउरी कृषकले समस्या खेप्नु परेको सुर्नया २ का मोहन बहादुर बिष्टले बताउनुभयो ।
खोटाङमा पहिलो पटक क्रिकेट खेल मैदान निर्माण गरिएको छ । जिल्लाकै पहिलो क्रिकेट मैदान दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको काफ्लेगाउँमा निर्माण गरिएको हो ।
पूर्वपश्चिम राजमार्गस्थित झापाको कनकाई नगरपालिका ८ घाग्रा पुलमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिशन रानाको शव आज जलेको अवस्थामा भेटिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १६, १७, १८ र १९ नम्बर वडामा खानेपानी वितरण गर्दै आएको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आयोजना सुरु गरेको चार दशक पछि उपभोक्ताहरूको मागबमोजिम धारा वितरण सुरु गरेको छ ।
वीर अस्पतालले कान नसुन्नेका लागि लक्षित गर्दै कक्लियर इम्प्लान्ट सेवा सुरु गरेको छ । अस्पतालका नाक, कान, घाँटीरोग विशेषज्ञ डा.दिपेन्द्र श्रेष्ठले विभिन्न कारणले सुनाइमा समस्या भएका व्यक्तिलाई लक्षित गर्दै यो सेवा सुरु गरेको जानकारी दिनुभयो ।
सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको बाँकेको दुर्गम क्षेत्र नरैनापुरमा २१ वर्षपछि पुनस्थापना भएको इलाका प्रशासन कार्यालयले गत नौ महिनामा एक हजार १५१ जनालाई नागरिकता वितरण गरेको छ ।
गत महिनाको विनाशकारी भूकम्पपछि म्यानमारमा घोषणा गरिएको युद्धविराम मङ्गलबार समाप्त हुने क्रममा छ । यद्यपि सहायता समूहहरू र अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले राहत प्रयासहरूलाई सहज बनाउन यसको विस्तारका लागि आह्वान गरेका छन् ।