झापाको कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु भएको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको रु सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रको काम थालिएको हो ।
सदरमुकाम सिराहास्थित प्रादेशिक अस्पतालमा सेवाग्राहीले हैरानी भोग्नुपरेको जनाउँदै स्थानीय जनप्रतिनिधिको अगुवाइमा युवाहरूले तत्काल सुधारको माग गरेका छन् ।
प्रिमनसुनमा नै जिल्लाका सडकमार्ग अवरुद्ध भएसँगै यस पटकको बर्सातमा यातायात सञ्चालन नहुने हो कि भन्ने चिन्ता थपिएको छ । केही दिनदेखि सुरु भएको प्रिमनसुनका कारण अरनिको राजमार्ग, बिपी राजमार्ग तथा प्रादेशि
पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगी खानेपानीको सहज आपूर्ति नहुँदा समस्या भएको भन्दै ध्यानाकर्षण गराएको हो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको गति बढाउन निर्देशन दिनुभएको छ । प्रदेश सरकारको सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको प्रगति समीक्षा कार्यक्रममा उहाँले मन्त्री तथा सचिवलाई निर्देशन दिनुभएको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा कायम भएको छ ।
खजुरा गाउँपालिका(२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन मानखोलाको कटानमा पर्दै आएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले खरबुजाखेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो समय उहाँले मेवा लगाएको खेतमा मेवा पाकेर पहेँलपुर भएको छ । मेवा टिपेर बजार पठाउन उहाँ अहिले व्यस्त हुनुहुन्छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
राज्यको आयव्यय विवरण अर्थात् बजेटका निम्ति लामो तयारी आवश्यक हुन्छ ।
संविधान अनुसार सरकारले संसद्समक्ष नीति कार्यक्रम पेस गरेर जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
पेसागत हकहितका साथै सङ्घीय संविधान अनुसारको शिक्षा ऐन जारी गर्नुपर्ने माग गरी शिक्षक लामो समयदेखि सडक आन्दोलनमा छन् ।
नेपालको अर्थतन्त्रमा देखिएका चुनौती बहुआयामिक प्रकृतिका छन्, जसलाई सूक्ष्म रूपमा नियाल्ने क्षमता र विज्ञताको खाँचो पर्छ ।
माछाको अस्तित्व रहन पानीको आवश्यकता भए जस्तै बेन्चको अस्तित्वका लागि बारको जरुरत पर्दछ ।
तनहुँ, बैशाख ९ गते । तनहुँको बन्दीपुर गाउँपालिका ४ ठुलोढुङ्गा नजिकै बन्दीपुर केबलकार परिसरमा रहेको परम्परागत घुमाउने घरु । स्थानीय स्वाद र परम्परागत सामग्रीहरूको संरक्षण गर्नु घुमाउने घर निर्माण गरिएको हो । मौलिकतासँग जोडिएका घुमाउने घर पछिल्लो समय लोप हुँदै गएका छन् । तस्बिरः रासस