केही वर्षअघि रेडियोमा एउटा अनौठो समाचार सुनेको थिएँ ।
साइबर अपराध (क्राइम) वर्तमान विश्वमा एक बढ्दो अपराध हो । कम्प्युटर र त्यससँग सम्बन्धित उपकरणलाई माध्यम बनाएर कानुनले निषेध
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७६औँ स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । छयात्तर वर्षअघि २००६ साल वैशाख ९ गते (तद्नुरुप २२ अप्रिल १९४९)मा आजकै दिन भारतको कोलकाताको श्यामबजारस्थित एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।
रुपन्देहीमा क्षयरोग नियन्त्रण अभियान प्रभावकारी बनेको छ । रुपन्देहीमा पछिल्लो साढे एक वर्षमा दुई हजार ७७९ जनामा क्षयरोगका बिरामी फेला परेका छन् । उक्त अवधिमा क्षयरोगबाट ८० जनाको मृत्यु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
जिल्लाकै जेठो दोलखाको भीम पुस्तकालयको सञ्चालन कोष स्थापना भएको छ । भवन पुनर्निर्माण भई २० वर्षपछि सञ्चालनमा आएको पुस्तकालयको पहिलो चरणमै दुई लाख ९६ हजार रुपियाँ कोष जम्मा भएको भीमेश्वर नगरपालिका–२ का अध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभयो ।
गुल्मीको मुसीकोट नगरपालिका–७, वामीनजिकै होटेल सञ्चालन गर्नुभएकी गङ्गादेवी शेरचनको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला भएको छ ।
विश्वबाट नै लोप हुनथालेको घडियाल गोहीको संरक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा गोही प्रजनन केन्द्र सञ्चालन छ । सञ्चालन भएको ४२ वर्षमा १७५ वटा गोहीका बच्चा हुर्किएका छन् ।
कैलालीको टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालनका लागि ऐन बनाउन लागिएको छ ।
सर्लाहीको हरिपुर र हरिवन नगरपालिकाका किसान हात्ती धपाउन रातभर जाग्राम बस्न थालेका छन् । जङ्गली हात्ती आएर घोगा लागेको मकै खाने र कुल्चिएर नष्ट गर्न थालेपछि किसान मकै जोगाउन रातभर खेतमै जाग्राम बस्न थालेका हुन् । हरिपुर नगरपालिका–१, हजारबिघा, हरिपुर नगरपालिका–२, सखुवामौजा र सानो जगतपुर तथा हरिवन नगरपालिका–५, घुर्कौली क्षेत्रमा तीन वटा जङ्गली हात्तीले किसानको मकै बालीमा क्षति पुु¥याइरहेका छन् ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्षको शैक्षिक सत्र सुरु हुनुअगावै १७ करोड ६६ लाख तीन हजार ६१७ रुपियाँका पाठ्यपुस्तक बिक्री गरेको छ ।
नेपाल सरकार सङ्घीय कार्यालय अन्तर्गत पर्ने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र सुदूपश्चिम प्रदेश सरकार अन्तर्गत पर्ने डिभिजन वन कार्यालय दार्चुलाले मानव–वन्यजन्तुको द्वन्द घटाउन विद्यालयस्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ ।
आफैँले ऐन बनाएको डेढ वर्षपछि बागमती प्रदेश सभा सचिवालयले भाषा अनुवादक पाएको छ । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० बनेको डेढ वर्षपछि र प्रदेश ऐन लागु भएको एक वर्षपछि बागमती प्रदेश सभा सचिवालयले नेपाल भाषा र तामाङ भाषाका अनुवादक पाएको हो ।
जुम्लाको हिमा गाउँपालिका–१, दिवारगाउँको तल्लो बस्तीलाई जुम्लाकै पहिलो ‘पूर्ण सरसफाइ उन्मुख’ घोषणा गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा