हिन्दुहरूको महानपर्व दसैँ नजिकिएसँगै कामका लागि भारत गएका नेपालीहरू चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किन थालेका छन् ।
उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराघाराका ६५ वर्षीय डण्डु गुरूङले १२ वर्षदेखि पवित्र तीर्थस्थल दामोकरकुण्डको दर्शन गर्न जाने भक्तजनहरूलाई निःशुल्क भोजन गराउनुहुन्छ ।
चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ । विसं २०८० मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त अस्पताल पर्याप्त बजेट नआउँदा अलपत्र परेको हो ।
मकरीगाड तरेपछि सुरु हुन्छ अपि हिमाल गाउँपालिका । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट करिब २५० किलोमिटर डरलाग्दो सडकको आठ घण्टा यात्रापछि दार्चुलाको गोकुलेश्वर पुगिन्छ । यहाँबाट थप अढाई घण्टामा मार्मा
च्याङ्बा ! अरूकै सत्ताको रफ्तारमा अरूकै नियम र कानुनमा लादिएर यो ज्यान जोगाउँदै जोगाउँदै
आम्मामा ! यत्रो भिड ? यस्तो होला भन्ने त कल्पना नै थिएन ! म सम्झन्छु, ती दिन जतिखेर फाटफुट मात्र मान्छे आइपुग्थे यहाँ । अहिले त मेला जस्तो पो देखिन्छ, माथि सडकदेखि तलसम्म नै ! म चकित हु
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
धनीराम गाउँका एक मेहनती, इमानदार र परिश्रमको प्रतीक हुन् । गाउँका सबैले उनलाई अहिलेसम्म पत्याएकै छन् । उनी गाउँका धनीमानी व्यक्ति होइनन् । दुःखजिलो गरेर दुईचार मुरी अन्न बिव्रmी गरी परिवार पालनपोषण गर्दै आएका सामान्य
वर्तमान नेपाली साहित्यमा नियात्रा कृतिहरूको लेखन र प्रकाशन उल्लेख्य रहेको छ । स्वदेशका रमणीय क्षेत्रको भ्रमण होस् या विदेशका पर्यटकीय स्थानको यात्रा; त्यो सम्पन्न गरिसकेपछि कलम चलेका लेखकहरू आफ्ना संस्मर
सम्हाल तिम्रो बैँस पटुकी कसेर पोखियो बल्दो जवानी थोपामै खसेर गाडीमा गीत घन्के
चिरिच्याट्ट मौलिक वेशभूषामा सजिएकाहरू कोही मादल घन्काउँदै त कोही च्याब्रुङ बजाउँदै थिए । कोही दोहोरी रन्काउँदै, कोही धिमेबाजा बजाउँदै अघि बढिरहेका युवा । ढिकीजाँतो, कुटोकोदालो मात्र होइन; ठेकी, नाङ्लो, डोको र डालो बो
गुल्मीमा खडेरीको समयमा निकै चर्चा हुने र पानी परेसँगै दमकल खरिद गर्ने निर्णय अस्ताउने गरेको छ ।
जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका कैदीबन्दीमध्ये ११५ जना अझै कारागारमा फर्किएका छैनन् ।
आयोजना निर्माणका लागि ठेक्का स्वीकार गर्ने तर निर्धारित समयमा काम नगरी आयोजना नै अलपत्र पार्ने ठेकेदारको ठेक्का तोड्ने तयारीमा सरकार पुगेको छ । निश्चित अवधिभित्र सम्पन्न गर्ने प्रतिबद्धता गर्ने तर विभिन्न बहाना गर्दै आयोजना नै नबनाउने प्रवृत्ति निस्तेज गर्न त्यस्ता आयोजनाको ठेक्का सम्झौता तोड्ने तयारीमा सरकार लागेको हो ।
तनहुँ जिल्लाको कारागारबाट १४३ कैदीबन्दी अझै फरार रहेका छन् । फरार हुँदा स्थानीय समुदायमा चोरी, लुटपाट तथा हिंसाको त्रास र असुरक्षा फैलिएको छ ।