• ४ असोज २०८२, शनिबार

सक्रिय हुन थाले राजनीतिक दल

blog

संविधान रक्षार्थ नेपाली कांग्रेस सर्लाहीले बयलबास बजारमा निकालेको -याली । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, असोज ४ गते ।  जेनजी आन्दोलनपछि सर्लाहीमा राजनीतिक दलहरू पुनः सव्रिmय हुन थालेका छन् । तनावग्रस्त अवस्थापछि जिल्लामा राजनीतिक दलहरूले आफ्नो गतिविधि बढाउन थालेका हुन् ।  

संविधान दिवसका अवसरमा नेपाली कांग्रेस सर्लाहीले शुक्रबार संविधान रक्षार्थ -याली निकालेको छ । क्षेत्र नं. १ को बयलबास बजारमा कार्यक्रम गरिएको कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुङ्गेलीले जानकारी दिनुभयो । कांग्रेसले जिल्लाका अन्य स्थानमा पनि शुक्रबार संविधान दिवसका अवसरमा कार्यक्रम गरेको नेताहरूले बताएका छन् । कांग्रेस जिल्ला कार्यसमितिले आगजनी भएको पार्टी कार्यालय मलङ्गवामा ‘नेपालको संविधान आजको आवश्यकता र महŒव’ विषयमा अन्तर्वि्रmया सम्पन्न गरेको कांग्रेस सर्लाहीका कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमारले बताउनुभयो । 

यस्तै नेकपा (एमाले) सर्लाहीले पनि शुव्रmबार हरिवन नगरपालिका–८ स्थित नारायण उप्रेती स्मृति भवनमा १० औँ संविधान दिवस मनाएको एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलले जानकारी दिनुभयो । 

जिल्लाभरबाट अगुवा, नेता कार्यकर्ता सहभागी भएर संविधान दिवस मनाइएको प्याकुरेलले बताउनुभयो । नेकपा (माओवादी केन्द्र) ले पनि सर्लाहीमा बिस्तारै गतिविधि बढाउन थालेको छ । पार्टीका जिल्ला इन्चार्ज अच्युतम काफ्लेसहितका नेताले सदरमुकाम मलङ्गवामा अगुवा, नेता कार्यकर्तासँग भेट गर्नुभएको थियो । राष्ट्रिय मुक्ति व्रmान्ति पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो केही दिनदेखि जिल्लामै बसेर कार्यकर्तासँग भेट गरिरहनुभएको छ । 

जसपा नेपाल, जसपालगायतका राजनीतिक दलले पनि बिस्तारै कार्यकर्तासँग भेटघाट बढाउन थालेका छन् । जेनजी आन्दोलनको कार्यक्रममा सदरमुकाम मलङ्गवामा रहेको नेपाली कांग्रेस र एमालेको जिल्ला पार्टी कार्यालयसहित लालबन्दी, ईश्वरपुरलगायतका स्थानका पार्टी कार्यालयमा आगजनी भएका थिए ।