गृह, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरीले अपनाएको संयमताका कारण थप क्षति हुन नपाएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षणपश्चात् मन्त्री अर्यालले तत्कालीन सरकारविरुद्धको आन्दोलनमा प्रहरीको संयमताले राज्य, नागरिक र निकायमा हुन सक्ने थप ठुलो क्षतिलाई न्यूनीकरण गरेको बताउनुभयो ।
रौतहटको राजदेवी नगरपालिका ९ ब्रह्म्पुरीस्थित श्री माध्यमिक विद्यालयमा सञ्चालित निःशुल्क आ“खा शिविरमा दुईसय ५३ जना बिरामीको आ“खाको उपचार गरिएको छ ।
नेपाल–चीन मिडिया फोरमद्वारा प्रकाशित ‘सुमधुर सम्बन्धका ७० साल’ बेइजिङमा विमोचन गरिएको छ। आज बेइजिङस्थित नेपाली दूतावासको सभाकक्षमा विमोचन गरिएको उक्त पुस्तक नेपाल र चीनबीचको सम्बन्धमा लिखित दस्ताबेज रहेको मञ्चका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ। समितिको आज यहाँ बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार तुइन खोलाको पुल नजिक निरन्तर पहिरो झरेकाले सडक अवरुद्ध भएको हो।
सुसेला काव्यशालाले गत भदौ २३ र २४ गते जेनजी युवाले गरेको भ्रष्टाचारविरोधी आन्दोलनमा मारिएका शहीदलाई सम्झिएको छ।
जेनजी समूहमा बालबालिकादेखि युवा उमेर समूहका बालबालिका पर्ने भएकाले आन्दोलनमा बालबालिका सहभागिता हुँदा त्यसले ठुलो क्षति बेहोर्नुपरेको छ ।
गोरखापत्रका फोटो पत्रकार कविता थापालाई “कमलबहादुर विष्ट स्मृति पुरस्कार”प्रदान गरिएको छ ।
टोखाको चाकु संरक्षण समाजको छैटौं साधारणा सभाले बुद्ध श्रेष्ठलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ ।
जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि जनमत पार्टीबाटै मुख्यमन्त्री बन्नुभएका सतिशकुमार सिंहले शनिबारसम्म राजीनामा दिनु भएको छैन।
अफगानिस्तानमा करिब आठ महिनाको हिरासतमा रहेका एक वृद्ध बेलायती दम्पती शनिबार स्वदेश फर्किने कतारी अधिकारीहरूले जनाएका छन् ।
यस अघि भएको घातक बम विस्फोटपछि स्थगित भएको चमन सीमा हुँदै अफगान शरणार्थीहरूको फिर्ती शुक्रबार पुनः सुरु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गर्नुभएको छ।
ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायतका प्रमुख युरोपेली विमानस्थल शनिबार “साइबर-सम्बन्धित अवरोध”बाट प्रभावित भएको जनाइएको छ ।
गत ३० वर्षमा महिला र बालिकाको अधिकार र समानताका लागि अन्तर्राष्ट्रिय पहल अन्तर्गत, १०६ देशहरूले १९१ प्रतिबद्धता जनाएका छन् ।