सल्यानदेखि सुर्खेत ल्याइएको काउलीमा अत्यधिक मात्रामा विषादी पाइएको छ ।
हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभरको मौसम सफा रहने बताएको छ ।
चितवनको पर्यटकीय नगरी सौराहा क्षेत्रको सौन्दर्यीकरणका लागि आकर्षक सडक निर्माण गरिएको छ ।
भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मङ्गलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २४ जनाको ज्यान गएको छ भन्ने जानकारी एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई दिएका छन् । यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठुलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।
नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र काठमाडौँको सहकार्यमा मङ्गलबारदेखि उक्त सेवा अस्पतालमा पहिलोपटक सुरु भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेबाट हुने गरी पर सारेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा केही दिन पर सार्ने भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् जस्तो मानवीय संवेदनासँग प्रत्यक्ष जोडिएको विषयमा प्रदेश सरकार अभिभावकीय भूमिका निर्वाह गर्न हरदम तयार रहेको बताउनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण दुःख, कष्ट झेलिरहेका थामे क्षेत्रका बासिन्दालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ सिरिजको तयारीका लागि ‘कोर क्याम्प’ सञ्चालन गर्ने भएको छ ।
गुल्मीमा गरिब परिचयपत्र वितरण सुरु भएको छ । जिल्लामा अति गरिब परिवार एक हजार ९३३, मध्यम गरिब परिवार दुई हजार ६१० र सामान्य गरिब परिवार दुई हजार ५५९ गरेर सात हजार १०२ परिवार रहेका छन् ।
एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मङ्गलबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।
सेवाग्राहीलाई सहज र सेवा छिटो उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय बाँकेमा विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सेवाग्राहीको बढी चाप हुने शाखामा टोकन प्रणालीको सुरुवात गरिएको जानकारी दिनुभयो ।
एनसेल डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचिकृत हुने पहिलो नेपाली कम्पनी बनेको छ। सूचना प्रविधि विभागले आइतबार एनसेललाई डेटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा सूचिकृत गरेको हो।
दाङमा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्पर सञ्चालनका लागि निर्माणाधीन वैकल्पिक मार्गको करिब ७५ प्रतिशत काम सकिएको छ ।