सुदूरपश्चिम प्रदेश भाषा, साहित्य, कला, संस्कृति र वेशभूषामा धनी छ । नौ जिल्लामा बाँडिएको यस प्रदेशको अछाम, बाजुरा, बझाङ र कैलालीलगायतका जिल्लामा नयाँ वर्ष फरक ढङ्गले मनाउने परम्परा रहेको छ ।
विद्युतीय सवारी साधनको प्रयोग अहिले बढ्न थालेको छ । प्रमुख राजमार्गहरुमा फाट्टफुट्ट गुड्ने विद्युतीय सवारी साधनको सङ्ख्या अहिले बढ्दै गएको छ ।
स्थानीय सरकारसँग बालबालिकाले बाल कचहरीबाट समस्या राख्ने गरेका छन् । छेडागाड नगरपालिकाका बालबालिकाले बाल कचहरीका माध्यमबाट सरोकारवालासग खुलेर समस्या राख्ने गरेका हुन् ।
भेरी अस्पतालको सेवा सुदृढीकरणका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ध्यानाकर्षण गराएको छ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणाको तयारी गरिएको छ । गाउँपालिका भित्रका १५ महिना भित्रका सम्पूर्ण बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै मात्राका खोप लगाएको प्रमाणीकरण गरिएपछि सरावललाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणाको तयारी गरिएको हो ।
गुल्मीको इस्मा गाउँपालिका–४, कोटकोटेरी आगलागीले ध्वस्त भएको वैशाख ८ गते वर्ष दिन पुग्यो तर सोही गाउँका अग्निपीडित सुन्दरलाल विकको घर आधा मात्रै बनेको छ । ब
सङ्घीय सरकारले पाँचथरको फिदिम नगरपालिका १ र ११ लाई सिमाना छुट्याएर बग्ने फेमे खोला दोभानमा हाल्न बेलिब्रिज उपलब्ध गराउने भएको छ ।
सडक निर्माणका योजनामा बजेट अभाव भएको छ । बजेट अभावले निर्माणको काम प्रभावित भएको छ । बजेट अभावका कारण डडेलधुराका झन्डै आधा दर्जन सडकको निर्माण कार्य ठप्प भएको छ ।
कैलालीका नदीमा दुर्लभ घडियाल गोहीले अन्डा दिने तयारी गर्न थालेको छ । जिल्लामा रहेका विभिन्न नदीमा घडियालले अन्डा दिने तयारी गरिरहेका पाइएको हो ।
दैलेखको महाबु गाउँपालिका–२ को वडा कार्यालयले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत उपत्यकाको तल्लो क्षेत्रबाट अवलोकन गर्न सहज हुने उद्देश्यले प्रदेश सरकारले छ वर्ष अगाडिदेखि निर्माण गर्न लागेको भ्यु टावर अहिले अलपत्र छ ।
वीरेन्द्रनगर नगरपालिका–४ स्थित पार्वती थापाकी २२ महिनाका छोराको तौल अहिले आठ किलोग्राम छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलाप्रति दुःख व्यक्त गर्नुभएको छ । मन्त्री डा. राणाले सो क्रुर हमलाबाट आफू अत्यन्त दुःखी र मर्माहत भएको बताउनुभएको छ ।
जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।
जिल्लाको एक विद्यालयमा विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् । सदरमुकाम खाँदबारीस्थित सूर्य सेकेण्डरी बोर्डिङ स्कुलमा कार्यरत शिक्षक बिवेक खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।