गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिलाहरूले अहिले पनि लैङ्गिक, सामाजिक र पारिवारिक रूपमा विभेद र हिंसा खेप्नु परेको बताउनुहुँदै गण्डकी प्रदेश सरकारले महिला हिंसा विरुद्ध आवश्यक नीति र स्रोत साधन परिचालन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ।
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धनमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै पाथीभरा क्षेत्र विकास समितिलाई नेपाल ज्योतिष परिषद् कोशी प्रदेशले सम्मान गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ३९ अङ्कले घटेर दुई हजार छ सय ५५ दशमलव ९४ को बिन्दुमा कायम भएको हो ।
शिक्षक आन्दोलन तीन साता पुग्न लाग्दै गर्दा शिक्षामन्त्री विद्या भट्टराईले एकाएक राजीनामा दिनुभएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिको सन्दर्भमा संविधानले पर्याप्त अधिकार दिएको बताउनुभएको छ ।
एशोसियसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै पिजीका आवासीय चिकित्सकको भत्ता सरकारी आठौँ तह सरह दिन नसक्ने अडान लिएको हो ।
गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पार्नुभएको छ । नयाँ वर्ष २०८२ को सन्दर्भ पारेर आज सुरक्षा बिटमा कार्यरत पत्रकारसँगको भेटमा उहाँले शिक्षा मन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता साझेदारीमा कुनै आशङ्का नगर्न आग्रह गर्नुभयो ।
पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले स्तब्ध पार्दे पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो ।
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको बार्सिलोनाले शीर्षस्थान थप बलियो बनाएको छ ।
उत्तरी गोरखाको नामरुङमा पर्यटन प्रवर्धन गर्न पदमार्ग निर्माण सुरु गरिएको छ ।
अन्तिम समयमा म्याथियस नुनेजले निर्णायक गोल गरेपछि म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लामाथि रोमाञ्चक जित निकालेको छ ।
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ए’ ले मदन भण्डारी आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । दुई दिने प्रतियोगितामा एकेडेमीले ११ स्वर्ण, चार रजत र दुई कांस्य जित्यो ।
जिल्लाको आँबुखैरेनी बजारलाई ‘नो हर्न’ क्षेत्र घोषणा गरिएको छ । आँबुखैरेनी सेवा समाजको सक्रियतामा इलाका प्रहरी कार्यालय आँबुखैरेनीले बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा गरेको हो ।