सहरी शासकीय सुधार कार्यक्रममार्फत तरकारी गाउँले परिचित बागलुङ नगरपालिका ४ को ढोडेनी गाउँ कालोपत्र सडकले जोडिँदै छ ।
तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको जग्गा नाप नक्साङ्कनको कार्य सुरु गरेको छ ।
आज वैशाख ११ । देश आज २०औँ लोकतन्त्र दिवसको उत्साहको अवस्थामा छ । आजकै दिन दुई दशकअघि नेपालको लोकतान्त्रिक आन्दोलनको परिणामले एक किसिमले मूर्तरूप लिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राष्ट्रिय पूँजीको विकास गरी उद्योगका माध्यमबाट जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
किसानले उत्पादन गरेको कृषि उपजको भण्डारणका लागि जलजला गाउँपालिकाले कोल्ड स्टोर निमाण सुरु गरेको छ ।
अमरराज नहर्कीतनहुँ, वैशाख ११ गते । तनहुँको व्यास नगरपालिका स्थित बुल्दीखोलमा ठेक्का अवधि भन्दा चार महिना अघि नै पुल निर्माण सम्पन्न भएको छ । ज्वालामुखी कन्स्ट्रक्सनले तीव्र काम गरेर पुल निर्माण सम्पन्न गरेको हो । पुल निर्माण भएसँगै उपभोक्ता खुसी भएका छन् । आगामी भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता सम्झौता भएको थियो । तर सम्झौता भन्दा चार महिना अगावै पुल सम्पन्न गरेको व्यास नगरपालिकाले जनाएको छ । वैशाखदेखि पुल निर्माण कार्य सुरु गरी एक वर्ष भित्र सम्पन्न गर्न सकिएको ज्वालामुखी कन्स्ट्रक्सनका सुपरभाइजर नारायण पाण्डेले जानकारी दिनुभयो । व्यास नगरपालिकाको वडा नम्बर १ र २ जोड्ने बुल्दी खोलामाथि कराङकाठ, बसपार्क जाने सडकमा निर्माणाधीन पुल सम्पन्न भएको हो ।निर्माण कम्पनीले आफ्नो जिम्मेवारीलाई महत्त्वपूर्ण तवरबाट निर्धारित समय भन्दा अघि काम पुरा गरेर प्रशंसनीय काम गरेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । समयावधि अघि गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजना अन्तर्गत छ करोड ११ लाख तीन सय २४ बजेट विनियोजन भएको थियो । पुलको २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको रहेको छ । हाल पुल निर्माण गरिएको स्थान नजिक कज वे बाट [पाइप राखेर बनाइएको अस्थायी संरचना] सवारीसाधन आवतजावत हुँदै आएको थियो । पुल बनेसँगै व्यास नगरपालिका–१ मा निर्माण गरिएको बसपार्कमा सवारी पार्किङ गर्न तथा स्थानीय बासिन्दालाई आवत जावतको लागि सहज भएको नगर प्रमुख न्यौपाने बताउनुहुन्छ । पक्की पुल निर्धारित समय भन्दा अघि सम्पन्न भएपछि आवतजावतका लागि सहज भएकोले स्थानीय खुसी भएको व्यास नगरपालिका–१ कराङकाठ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । पाइप राखेर बनाइएको अस्थायी संरचनाको पुल वर्षमायामा बुझिएर स्थानीय बासिन्दालाई भलबाट प्रभावित भएकोमा पुल बनेपछि हर्षित बनेको उहाँले बताउनुभयो ।
भारतको दक्षिणपूर्वी प्रदेश तामिलनाडुको रामेश्वरम र श्रीलङ्काको पूर्वोत्तर क्षेत्रमा रहेको मन्नार द्वीपका बीचमा चुनको ढुङ्गाबाट निर्मित एक शृङ्खला छ ।
धरणीधर कोइरालाको जन्म विसं १९४९ माघ २४ गते भयो । बालकृष्ण समको जन्मसमेत माघ २४ गते (विसं १९५९) भएको थियो ।
लोकतन्त्र दिवसको अवसरमा गैरसरकारी संस्था महासङ्घले आज दमौलीमा गरेको कार्यक्रमका वक्ताहरुले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकामा जोड दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका जायज माग पूरा गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ । बैठक बिहानदेखि नै सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।
अमेरिकाले विश्वभरि सहयोग गर्दै आएको छ । अमेरिकी सहयोगले गरिब, असहाय, शरणार्थीलाई खाद्यान्नदेखि बालबालिकालाई शिक्षा र खोपसम्मको पहुँच पुर्याउने गरेको छ ।
अभिभावक गुमाएका विद्यार्थीको पठनपाठनमा असर पुग्न नदिन मोरङको मिक्लाजुङ गाउँपालिकाले विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ । अभिभावक नहुँदा बालबालिकामा पारिवारिक र सामाजिक जिम्मेवारी बढ्दा बिचमै
रामग्राम– १८ मा रहेको ऐतिहासिक तथा पुरातात्त्विक स्थल पण्डितपुरमा गरिएको उत्खननको क्रममा जमिनमुनि थप संरचनाहरू भेटिएका छन् । ती संरचनाहरू बुद्ध सँग सम्बन्धित भएको पुरातत्त्व विभागले जनाएको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा फार्म सञ्चालन भएको छ । फार्म च्याङ्ग्राको नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रुपमा विकसित हुँदै गएको छ ।