सिराहाको लक्ष्मीपूर पतारी गाउँपालिकास्थित पतारी पोखरीमा प्रचण्ड गर्मी छल्न डुबुल्की मार्दै स्थानीय बालबालिका ।
सुर्खेतको सिम्ता गाउँपालिका–४ भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराइबाट निकालेको छ ।
सहिद तथा बेपत्ता भएकाको परिवारलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरले भेटघाट गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको सन्दर्भ पारेर सहिद र बेपत्ता भएका परिवारलाई घरमै पुगेर परिवारको अवस्थाबारे जानकारी लिएको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद परिवार भेटघाट गर्नुभएको छ ।
३५ हजार घनमिटरको ट्याङ्कीभित्र पानी खोज्न जाँदा स्थानीयले बाँदरको जस्तो देखिने अस्थिपञ्चर फेला पारेका छन् ।
गुल्मीको चन्द्रकोटमा गाउँपालिकाको आयोजनामा तेस्रो अध्यक्ष कप अन्तरपालिका खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
कोशी प्रदेशको राजधानी विराटनगरलगायत विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागु औषधिसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, सुनसरी र उदयपुरको विभिन्न ठाउँबाट ब्राउनसुगर र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
बाँकेका भूमिहीन दलित र सुकुम्वासीले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने भएका छन् । भूमि समस्या समाधान आयोग बाँकेले जिल्लाका भूमिहीन दलित र सुकुम्वासलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता दिनै पर्ने बताउनुभएको छ । आन्दोलनरत निजी मेडिकलका आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिचको छलफलमा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा प्रबुद्ध वर्गको समूह भएकाले राजनीतिक, वैचारिक र सिद्धान्तको निकाससहित नयाँ सन्देश दिन सक्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुरमा रहेका बादी तथा गन्धर्व समुदायका महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि सिलाइकटाइ तालिम सुरु गरेको छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका –४ सोलाबाङ बजारमा राष्ट्रिय वाणिज्य बैँकको एक्सटेन्सन काउन्टर स्थापना भएको छ ।
लोकतन्त्र दिवसका अवसरमा बिहीबार नेकपा (एमाले)ले काठमाडौँको भृकुटीमण्डपमा युवा उत्सव (युथ सेलिब्रेसन)को आयोजना गरेको छ ।
नायरा पढ्ने विराटनगर ३ को सहिद आधारभूत विद्यालयले वैशाख ९ गतेबाट पठनपाठन सुरु हुने जानकारी दिएको थियो । तर शिक्षक आन्दोलन लम्बिएका कारण चाहेर पनि विद्यालय चलाउन सक्ने वातावरण भएन ।
निजी मेडिकल कलेजको स्नातक (पिजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आन्दोलनरत चिकित्सक र स्वास्थ्यमन्त्री प्रदिप पौडेलबिच वार्ता सुरु भएको हो ।