धनुषाको तीन पालिकामा सञ्चालित समावेशी जलवायु उत्थानशील सामुदायिक विकास परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुको जिवनमा सकारात्मक परिवर्तन ल्याएको परियोजनाको सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
श्चिम नवलपरासीमा लम्पी स्किनको सङ्क्रमणबाट १५ वटा पशु चौपाया मरेका छन् । दुई महिनाको अवधिमा १५ वटा भैँसी र तीनसय ४ वटा गाई गोरुसहित तीनसय १९ पशु चौपाया सङ्क्रमित भएका हुन् । भैँसी र राँगाको तुलनामा गाईगोरुमा सङ्क्रमण तिव्र गतिमा फैलिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले भेट गर्नुभएको छ।
गुल्मीको छत्रकोट गाउँपालिकाको कार्यालय र १७ स्थानीय गरेर १८ वटा लालपुर्जा वितरण गरिएको छ । जिल्लाका १२ स्थानीय तहमध्ये सवैभन्दा पहिला छत्रकोटबाट लालपुर्जा वितरण सुरु गरिएको हो ।
भदौ २४ गते भएको जेनजी आन्दोलनकारीको आगजनीबाट स्वास्थ्य मन्त्रालय परिसरमा भएका २५ वटा गाडी र दुई सय वटा मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएका छन्।
नवलपुर प्रहरीले जिल्लामा एउटै कारागार नुँदा कैदीबन्दी ओसारपसारमा निक्कै समस्या भोग्नु परेको गुनासो गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा सरकारलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भेट गरेर संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले उक्त प्रतिबद्धता जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि नागरिकतासहित अत्यावश्यक सेवा सञ्चालन गरेको गरेको छ ।
दक्षिणकाली–१, चाल्नखेलमा राष्ट्रिय मुवाँथाईं एकेडेमी सञ्चालनमा आएको छ ।
नेपाल प्रहरीले तत्काल हाजिर हुन भनेपछि कृष्ण महता बैतडीबाट काठमाडौँ फर्कंदै हुनुहुन्थ्यो । आमाको काजकिरिया सकेर काममा फर्कंदा उहाँ गत शुक्रबार साँझदेखि झरेको पहिरोमा परेर बाटोमै थन्किनुभएको छ ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले इस्पान्योललाई २–० गोलले हरायो ।
प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई कठिन परिस्थितिबाट दृढताका साथ उठ्न आह्वान गर्दै सरकार पूर्ण साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पहिरोको कारण तीन दिनदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड केहीबेर अघिदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
काठमाडौँको असन आसपासमा जमरा राख्न प्रयोग हुने माटाको भाडा, माटो, धान, मकै, गहुँ आदि किन्नेको चहलपहल देख्न सकिन्छ । मानिसको आवत जावत निकै भएता पनि व्यापारमा वृद्धि नभएको व्यापारी बताउछन् ।