• ५ असोज २०८२, आइतबार

दक्षिणकालीमा राष्ट्रिय मुवाँथाईं एकेडेमी सञ्चालन

blog

मुवाँथाईं खेलाडी प्रशिक्षणपछि ।

काठमाडौँ, असोज ५ गते । दक्षिणकाली–१, चाल्नखेलमा राष्ट्रिय मुवाँथाईं एकेडेमी सञ्चालनमा आएको छ ।

एकेडमीमा मुवाँथाईलगायत अन्य मार्सल आर्ट्स र योगाको पनि प्रशिक्षण गर्न पाइने नेपाल राष्ट्रिय मुवाँथाईं सङ्घ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिनुभयो । 

अध्यक्ष कक्षपतिले जग्गा भाडामा लिएर व्यक्तिगत लगनीमा एकेडेमी निर्माण गर्नुभएको हो । एकेडमीले देशभरीबाट प्रतिभावान खेलाडी छनोट गरी राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने र अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी गराउने लक्ष्य लिएको छ । 

एकेडेमी सञ्चालनको अवसरमा आइतबार ग्रान्ड मास्टर सिद्धाचार्य माक युरी वज्रमुनीले नेपाली मुवाँथाईं खेलाडीलाई प्रशिक्षण पनि दिनुभएको थियो ।