सिन्धुली जिल्लामा प्रमुख तीन राजनीतिक दल जेनजी समूहको आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएका आफ्ना पार्टी कार्यालय सञ्चालनमा जुटेका छन् ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६५ पैसा र बिक्रीदर १४१ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ ।
चाडपर्वको अवसर पारेर नवलपरासीको सुनवल–१२, भुमहीस्थित भुमही दुग्ध सहकारी संस्थाले आफ्ना किसानलाई बोनस वितरण गरेको छ । दुध बिव्रmीको रकम समयमै नआउँदा निराश किसानलाई सहकारीले गत आर्थिक वर्षको उत्पादनका आधारमा बोनस वितरण गरेको हो ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आज (सोमबार)देखि प्रारम्भ भएको छ ।
चाडपर्वलक्षित नागढुङ्गा–मुग्लिङ सडक आयोजना अन्तर्गत पूर्वीखण्डको सडक मर्मत सुरु गरिएको छ । चाडपर्वका समयमा सवारी चाप बढ्ने भएकाले खाल्टाखुल्टी पुर्ने, गिट्टी हाल्ने र सडक सम्याउने काम गरिएको हो ।
जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा करिब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको छ । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी क्षतिको यस्तो प्रारम्भिक अनुमान प्रस्तुत गरेका हुन् ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव एवम् गोरखापत्रकर्मी गोविन्द शर्मामाथि रिपोर्टिङको क्रममा भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले आपत्ति जनाएको छ ।
छयालिस घण्टा अवरुद्ध सडक आज साँझ सञ्चालनमा आए पनि जोखिम कम गर्न मुग्लिन नारायणगढ सडक राति बन्द गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेस गरेको ३५औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा १९ हजार ९३३ वटा उजुरी स्थानीय तहसँग सम्बन्धित रहेका छन्।
सांसद, अधिकारी र व्यवसायीहरू संलग्न भएको भनिएको बाढी नियन्त्रण परियोजनाको ठूलो घुसघोरी प्रकरणले आक्रोश बढेपछि आइतबार हजारौँ प्रदर्शनकारीहरू फिलिपिन्सको राजधानी मनिलामा सडकमा उत्रिएका छन् ।
२०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ ।
सरकारले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गर्दै सिलवाललाई जिम्मेवारी दिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले मौजुदा केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ।पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आइतबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको हो।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति घोषणा भएको अवस्थामा मतदाता नामावली सङ्कलनका लागि ऐनमा संशोधन गर्नुपर्ने छ।
सरकारले जेनजी प्रदर्शनको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।