प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गर्नुभएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले आन्दोलनरत शिक्षकलाई पढाइ सञ्चालन गर्न निर्देशन गरेको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानद्वारा जारी विज्ञप्तिमा आन्दोलनमा वैकल्पिक उपाय अबलम्बन गरी बालबालिकालाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न सूचित गरिएको हो ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वैज्ञानिक र दिगो रुपमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनको खाँचो औँल्याउँदै सबै सरोकारवालाबिच समन्वय आवश्यक रहेको बताउनुभएको छ ।
बागलुङको निसीखोलाको सिरमा रहेको सुन्दर अर्नाकोट गाउँ प्राकृतिक अनुपमले धनीले छ । प्राकृतिक रुपमा सुन्दर यो गाउँमा खानेपानीको भने ठूलो समस्या छ । स्थानीयले वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका छन् ।
गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध रु एक अर्ब चार करोड राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर गर्यो ।
सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न भएको छ । चिःबहाल परिवार, ठमेलको सहआयोजनामा सम्पन्न काव्योत्सवमा काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले आफ्नो वडाभित्र हुने साहित्यिक कर्ममा आफ्नो सहयोग रहने बताउनुभयो ।
विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ ।
तनहुँकी एक महिलाले ढुङ्गाले हानेर छोराको हत्या गरेकी छिन् । घिरिङ गाउँपालिका– ४ थामडाँकी ३६ वर्षीया कमला परियारले हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।
लोकतान्त्रिक पद्धति विधिमा आधारित हुन्छ । आफ्नो अधिकार प्रयोग गर्दा अर्काको हक खोस्ने कार्य लोकतान्त्रिक हुन सक्दैन ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
मुलुकको आर्थिक विकासका लागि व्यापारको महत्वपूर्ण भूमिका हुन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको जोरायाल गाउँपालिका – १ गोल्डेनस्थित भीमदत्त राजमार्गमा मिनीट्रक दुघर्टना भएको हो ।
बाहिरी मुलुकसँग २००७ सालपछि जोडिन थालेको नेपाल २०६२/६३ को शान्ति प्रक्रियापछि संसारसँग झन् नजिकिएको छ ।