काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण गरिएको हो ।
। सोह्रश्राद्धको अन्तिम दिन औँशी तिथिमा दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहानैदेखि भिड लागेको छ ।
युवा जनशक्ति आजका आवश्यकता मात्र होइनन्, देशका परिवर्तनका संवाहक पनि हुन् । परिवर्तन खोज्ने हो भने युवाकै नेतृत्व चाहिन्छ । यो हरेक क्षेत्रमा गुञ्जिन्छ र युवाले नै नेतृत्व गरेका संस्था, क्षेत्रमा परिवर्तनको लहर झल्किएको छ ।
सङ्घीयता कार्यान्वयनमा आएको झण्डै एक दशकपछि महाशिला गाउँपालिकाले सेवा आफ्नै भवनबाट सुरु गरेको छ । स्थापनाकालदेखि साविक बालाकोट गाविस तथा वडा नं ३ को कार्यालयबाट सञ्चालन हुँदै आएको सेवा यसै सातादेखि आफ्नै भवनबाट सञ्चालन गरिएको हो ।
दाङको घोराहीमा पाँच सय शय्याको सञ्जीवनी शिक्षण अस्पताल सञ्चालनमा आउने भएको छ । दाङलगायतका पश्चिम राप्ती क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा प्रदानसँगै स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने गरी अस्पताल निर्माण हुन थालेको हो ।
सप्तरीको बोदेबर्साइन नगरपालिका–५ भाटिनस्थित हुलाकी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक वृद्धको मृत्यु भएको छ ।
कर्तव्य ज्यान कसुर मुद्दामा अनुसन्धान नै नगरी तीन जनालाई ज्यान मुद्दा दर्ता गरेको आरोप पीडित परिवारले लगाएका छन् ।
मुलुक तिनै वर्षमा फेरि नयाँ जनादेशतर्फ अग्रसर हुन पुगेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संवैधानिक अभ्यासको क्रममा २०७९ सालमा दोस्रो संसदीय निर्वाचन भएको थियो ।
सुशासन कायम गर्न शासन प्रक्रियाका विकृति हटाउने अभियान निरन्तर भइरहनु आवश्यक छ । सुशासन अभियानको मुख्य वाहक राजनीतिक नेतृत्व अक्षम र भ्रष्ट हुँदा राज्यका सबै अङ्गमा नकारात्मक प्रभाव परेको छ ।
समावेशी शिक्षा भनेको केवल शिक्षाबाट बाहिर रहेका बालबालिकालाई शिक्षामा समावेश गर्ने कुरा मात्र होइन, यसले विविधतालाई स्वीकार गर्ने, सबै बालबालिकाका लागि शिक्षा प्राप्तिको अधिकार सुनिश्चित गर्ने र शिक्षा प्राप्तिमा रहेका अवरोध हटाउने लक्ष्य राख्छ ।
पश्चिम नवलपरासी क्षेत्रमा गत भदौ २४ गते भएका आगजनी र तोडफोडका घटनामा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।
हिमाली ढोरपाटनका भेँडाच्याङ्ग्रा तम्घास बजार छिरेपछि दशैँ नजिकै आएको महसुस हुन्छ । बर्सेनी दशैँ नजिकिएसँगै भेँडाच्याङ्ग्रा हिमालबाट बिक्रीका लागि बजार ल्याइन्छ ।
सत्ता परिवर्तन हुने गरी विश्वमा जहाँ पनि आन्दोलन भएका छन्, त्यसले ठुलो उथलपुथल र आर्थिक क्षति पु¥याएको इतिहास छ । आन्दोलनको सफलतापछि सामान्य अवस्थामा फर्किन कुनै पनि देशलाई निकै समय लाग्ने गर्छ तर हाम्रो देशमा ध्वस्त संरचनाबाहेक सामान्य जनजीवन एक साताभित्रै आफ्नो पुरानो अवस्थामा फर्किनुलाई चमत्कार नै मान्नुपर्ने हुन्छ । प्रधानमन्त्री सुशीला का
नेपाली राजनीति फेरि एक पटक निर्णायक मोडमा पुगेको छ । राजधानीका सडकमा उत्रिएका ‘जेनजी आन्दोलन’ का युवाको बलिदान, त्यसपछिको दमन र उथलपुथलले देशको राजनीतिक नक्सा फेरिएको छ ।
शुक्रबारदेखि पहिरोले अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्डको पहिरो हटाउने काम आइतबार बिहानदेखि सुरु भएको छ ।