जेनजी आन्दोलनका कारण बन्द भएका चलचित्र हल पुनः सञ्चालनमा आएका छन् । हल खुलेसँगै अन्योलमा रहेका चलचित्रको प्रदर्शन मिति पनि धमाधम तोकिन थालेका छन् ।
नेपाली चलचित्र ’सोल्टिनी’ को टिजर सार्वजनिक गरिएको छ । कार्तिक ६ गते भाइटीकाको दिन प्रदर्शन हुने चलचित्रको टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेतृ परीक्षा लिम्बूबिचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई झल्काइएको छ ।
नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा नेपाल–चीन मिडिया फोरमद्वारा प्रकाशित ‘सुमधुर सम्बन्धका ७० साल’ पुस्तक शनिबार चीनको राजधानी बेइजिङमा विमोचन भएको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ उडान सेवा सुरु गर्ने भएको हो ।
शैली साहित्य समाजले बडा दशैँको शुभकामना तथा रचना वाचन कार्यक्रमको आयोजन गरेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६५ पैसा र बिक्रीदर १४१ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ ।
सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज नौ अर्ब ८० करोड रुपियाँ निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपियाँको बजेट शनिबार सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको शनिबार बसेको १७ औँ नगर सभामा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आइतबार अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ ।
भारतमा फैलिएको ‘ब्रेन इटिङ अमिबा’ को सङ्क्रमण नेपालमा फैलन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भारतमा ६९ जनाभन्दा बढीमा उक्त रोग देखिएको र केरलामा १९ जनाको मृत्यु भइसकेको भन्दै नेपालमा पनि त्यसको जोखिम कायम रहेको बताउनुभयो ।
हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आइतबार दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।
जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि जनमत पार्टीबाटै मुख्यमन्त्री बन्नुभएका सतीशकुमार सिंहले शनिबारसम्म राजीनामा दिनुभएको छैन ।
सरकारले दसैँ र तिहारलगायतका चाडपर्वलक्षित गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याउनुका साथै सडक तथा राजमार्गमा निर्वाध सवारीसाधन चलाउने वातावरण बनाउन विभिन्न निर्णय गरेको छ ।
घरबारविहीन विपन्न र दलित परिवारका लागि जुम्लामा हालसम्म २०८ वटा आवास निर्माण भएको छ । कर्णाली प्रदेश सरकारको पहलमा पूर्वाधार विकास कार्यालय जुम्लामार्फत जिल्लाका विभिन्न स्थानीय तहमा आवास निर्माण गरिएको हो ।
आगामी वसन्तयामको सगरमाथा आरोहणमा परम्परागत बाटो प्रयोगमा आउने भएको छ । सगरमाथाको चुचुरोमा पहिलो मानवपाइला टेकेका एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले आरोहण गर्दा प्रयोग गरेको उक्त बाटो पुनर्निर्माणको काम ८० प्रतिशत पूरा भएसँगै वसन्तकालीन आरोहणमा उक्त मार्ग प्रयोगमा ल्याउने गरी तयारी अघि बढेको हो ।