काठमाडौँ, असोज ४ गते । भारतले युएईमा जारी एसिसी टी–२० एसिया कप समूहमा अपराजित रहँदै सुपर चारमा स्था बनाएको छ ।
यसअघि नै समूह ‘बी’बाट सुपर चारमा पुगेको भारतले समूहको तेस्रो तथा अन्तिम खेलमा शुक्रबार राति ओमानलाई २१ रनले हरायो ।
जितका लागि एक सय ८९ रनको लक्ष्य पछ्याएको ओमान निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ६७ रनमा समेटिएको थियो । ओमानका लागि ओपनर आमिर कलिमले सर्वाधिक ६४ रन बनाउनुभयो ।
यस्तै अम्माद मिर्जाले ५१ र जतिन्दर सिंहले ३२ रन बनाउनुभयो । बलिङमा भारतका भारतका हार्दिक पाण्ड्या अर्शदीप सिंह, कुलदीप यादव र हर्शित रानाले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८८ रन बनाएको थियो । भारतका लागि सन्जु सामसनले सर्वाधिक ५६ रन बनाउनुभयो ।
यस्तै अभिषेक शर्माले ३८, तिलक वर्माले २९ र अक्षर पटेलले २६ रन बनाउनुभयो । बलिङमा ओमानका शाह फेसल, जित्न रामानन्दी र आमिर कलिमले दुई दुई विकेट लिनुभयो ।
जितसँगै भारत शीर्षस्थानमा रह्यो । यस समूहबाट पाकिस्तानले पनि समूह उपविजेताको रुपमा सुचर चारमा स्थान बनाएको छ । एजेन्सी