धनुषाको मिथिला विहारी नगरपालिका–८, ठेरा कचुरीमा बिहे भोजमा खाजा खाँदा सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् ।
धनुषाको मिथिला विहारी नगरपालिका –८, ठेरा कचुरीमा बिहेभोजमा खाजा खाँदा सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । स्थानीय नरेश महराको छोरीको बिहेमा आएका जन्ती र स्थानीयले खाजा खाएपछि स्वास्थ्यमा समस्या देखिएको हो ।
गौतम बुद्धको जन्मदिन ,ज्ञान प्राप्ती र महापरिनिर्वान तीन वटै संयोग एकै दिन परेको बैशाख शुक्लपक्ष पुर्णिमाको अवसरमा बुद्धको मूर्ति खटमा राखी नगर परिक्रममा गराइएको छ । झिगु मङ्का खलः द्वारा २५६९ औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँ महानगरको वडा, २ र ३ क्षेत्रमा शान्ति र्यार्लीको आयोजना गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका –८ स्थित टासी फुन्चोक गुम्बा परिसरमा निर्माणाधीन ६५ फिट अग्लो बुद्धको मूर्तिमा सुङ (मन्त्र) प्रतिस्थापन गरिएको छ ।
किरात समुदायको प्रमुख चाड साकेला (उभौली) पर्व धनकुटाका बिभिन्न स्थानमा मनाइएको छ ।
नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । सोमबार दिउँसो करिव १ः३० बजे भरतपुर महानगरपालिका– १७ का कुमार नेपालीको नदीमा डुबेर मृत्यु भएको हो ।
बाँकेको कोहलपुर नगरपालिकामा भएको प्रथम कोहलपुर खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि कोहलपुर डोजाङ्गले जित्न सफल भएको छ ।
वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण सोमबार सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बाँकेका सामुदायिक वनहरु जीविकोपार्जनको माध्यम बन्नुका साथै पछिल्लो समयमा गाउँठाउँको विकाससमेत अग्रसर हुँदै गएका छन् । स्थानीय उपभोक्ताहरुको हरेक समस्यामा साथ दिँदै आएका सामुदायिक वनहरु सामाजिक विकासका काममा समेत अग्रसर हुँदै गएका हुन् ।
लेखक धर्मराज अर्यालद्वारा लिखित ‘नारी उत्थानका उपायहरु’ किताबको लोकर्पण भएको छ । सोमबार डा. प्राध्यापक घनश्याम पुडासैनी, डा. रामचन्द्र लम्साल, डा. प्राज्ञ कौशीला रिसाल, साहित्यकार ममता मृदुलालगायतले संयुक्तरुपमा तारकेश्वर नगरपालिका वडा नं ३, जीतपुर माविमा सो किताबको लोकर्पण गर्नुभयो ।
बाजुराको बुढीगंगा नगरपालिकाको चार तले अत्याधुनिक प्रशासकीय भवनको सोमबार उद्घाटन भएको छ । सो भवनको पूर्व मन्त्री तथा संविधान सभाका सदस्य कर्णबहादुर थापाले उद्घाटन गर्नु भएको हो ।
यो वर्ष अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । गत अप्रिल महिनामा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन् ।
आठ बुँदे घोषणापत्र जारी गर्दै बागलुङ बजारमा आयोजित गण्डकी प्रदेश स्तरीय दोस्रो न्यायिक सम्मेलन सोमबार सम्पन्न भएको छ । सम्मेलनले गण्डकी प्रदेशका ८५ वटा स्थानीय सरकारका न्यायिक इजलासलाई एकरुपताका साथ व्यवस्थित रुपमा सञ्चालन गर्ने प्रतिवद्वता जनाएको छ ।