स्याङ्जामा उपभोक्ताले खानका लागि खरिद गरी घरमा लगेको साल्ट ट्रेडिङ लिमिटेडको आयोडिनयुक्त नुनको प्याकेटमा मरेको भ्यागुतो भेटिएको छ । वालिङ नगरपालिका–७, ताप्केका ताराबहादुर थापाले वालिङ नगरपालिका–६ स्थित मिर्दीबाट खरिद गरी लिएको नुनमा सुकेको अवस्थामा मरेको भ्यागुतो भेटिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोमा सबैको सतर्कताले मानवीय क्षति कम भएको बताउनुभएको छ ।
यस वर्षको वर्षायाम सकिए पनि आरिघोप्टे वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव ५७ वर्षयताकै तेस्रो उच्च बाढी मापन गरिएको छ । आइतबार दिउँसो ४ बजेको मापन अनुसार कोशी ब्यारेज नियन्त्रण कक्षले पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको छ । यही रूपमा पानीको बहाव बढ्दै गए छ लाख क्युसेक प्रतिसेकेन्ड पुग्न सक्ने नियन्त्रण कक्षले जनाएको छ ।
काठमाडौं जिल्लाका सबै प्रकारका कार्यालय आज सोमबारबाट खुल्ने भएका छन् ।
खोटाङमा खोलाले बगाएर एक युवाको मृत्यु भएको छ । जिल्लाको रावाबेसी गाउँपालिकास्थित हौँचुर खोलाले बगाएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१५ विजयखर्कका सुमन विश्वकर्माको मृत्यु भएको हो ।
बङ्गलादेशमा आइतबार डेङ्गु रोग सङ्क्रमित नौ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा यो वर्ष एकै दिनमा सबैभन्दा धेरै डेङ्गु सङ्क्रमितको मृत्यु भएको हो ।
नेपाली कांग्रेसले अविरल वर्षाका कारण देशभर उत्पन्न विपद्सँग जुध्न भ्रातृ संस्थाको ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने भएको छ।
जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान ४ः३० देखि आज बिहान ४ः३० बजेसम्म रौतहटको महेशपुरमा अधिकतम वर्षा भएको जनाएको छ।
पूर्वीपहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ।
अविरल वर्षापछि संकटमा परेका सर्वसाधारणको उद्धारमा नेपाली सेना सक्रिय छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।
दार्चुलाको महाकाली नगरपालिका –६ निसिलमा यात्रुबाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नौँ जना घाइते भएका छन् ।
अविरल वर्षापछि आएको पहिरो र बाढीका कारण पाँचथरको तुम्बेबा र फाल्गुनन्द गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ।
म्याग्दीको बेनी नगरपालिका ९ तोरीपानी स्थित फाँटमा धानको बाला झुलेको हरियाली र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको सुन्दर दृश्य।
लगातारको वर्षाका करण विराटनगर डुबानमा परेको छ । आइतबार विराटनगरको केशल्या खोलाको पानी बस्तीमा पसेपछि केही बस्ती जलमग्न बनेका छन्।