सुनसरीको कोशी गाउँपालिका –७ हरिपुरमा गुडिरहेको बस अनियन्त्रित भएर पल्टिँदा आठ जना घाइते भएका छन् । २० जना सवार बस सडकमा पल्टिँदा भएको दुर्घटनामा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सोमबार विहान सवारी दुर्घटना हुँदा पाँच वर्षीया बालिकासहित आठजना घाइते भएका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले अहिंसा, शान्ति र मैत्रीको बाटो अँगाल्न सके नेपाली एकता सुदृढ हुने बताउनुभएको छ ।
हमासको सशस्त्र शाखाले गाजामा सन् २०२३ को अक्टोबरदेखि बन्धक बनाइएका अमेरिकी-इजरायली नागरिक एडन अलेक्ज्याण्डरलाई सोमबार रिहा गर्ने निर्णय गरेको जनाएको छ ।
नेपाल मानव अधिकार शिक्षा समाज ताप्लेजुङको संयोजकमा अर्जुन खिम्दिङ चयन हुनुभएको छ । सोमबार फुङलिङमा सम्पन्न एक दिने मानव अधिकार शिक्षा कार्यक्रमबिच खिम्दिङ संयोजकमा चयन हुनुभएको हो ।
यहाँको शुक्लाफाँटा नगरपालिका-१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ-रिक्सा चलाएर परिवारको खर्च धान्दै आउनुभएको छ । इ-रिक्सा चलाएर उहाँले मासिक रु ३५ हजार बढी आम्दानी गर्नुहुन्छ । घरको आर्थिक अवस्था कमजोर हुँदा गाउँकै समूहबाट दुई लाख ऋण लिएर इ-रिक्सा खरिद गरी चलाउन थाल्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको शिक्षालाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बुद्धका शिक्षामध्ये अहिंसा र शान्ति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।
भारतको मध्यक्षेत्रमा अवस्थित छत्तीसगढ राज्यमा बस र ट्रक एकापसमा ठोक्किँदा नौ महिला, एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा अन्य १४ जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
काठमाडौँको नक्सालस्थित हिल्टन होटल खरिद विक्री भएको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारको शंकर ग्रुपले खण्डन गरेको छ।
कैलालीमा चार्जिङमा राखेको विद्युतीय स्कुटरमा आगलागी भएको छ । धनगढीको शुक्ला पुस्तकका सञ्चालक दीपक शुक्लाको विद्युतीय स्कुटरमा आज आगलागी भएको हो ।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –१० तिमीलेमा स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो दाङबाट कुलपूजा गर्न रुकुमपश्चिम आएर फर्कनेक्रममा लुप्र ०२–००१ च ०१७७ नम्बरको स्कार्पियो दुर्घटना भएको हो।
प्यूठानको गौमुखी गाउँपालिका –१, अर्खा पीपल डाँडामा लुम्बिनी प्रदेशकै अग्लो शिव मूर्ति स्थापना गरिएको छ । ३६ फिट अग्लो र १२ मिटर चौडाइको यो मूर्ति करिब २ टन तौलको ढुङ्गाबाट निर्माण गरिएको हो ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्दै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर सुधारका काममा लागिरहेको बताउनुभएको छ ।
एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको अत्यन्तै प्रेमिल म्युजिक भिडियो ‘तिमि मेरो प्राण हौँ’ सार्वजनिक भएको छ । कोशी प्रदेशका इलाम तथा अर्जुनधारा नगरपालिका झापा आसपासका सुन्दर पर्यटकीय स्थानहरुमा छायाँकन गरिएको उक्त म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ ।
कैलालीमा सोमबार मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।