रौतहटको फतुवा विजयपुर नगरपालिका –९ लक्ष्मीनिया टोलमा आइतवार एक महिलाको टाउको नभएको बेवारिसे शव फेला परेको छ ।
जेनजी उमेर समूहका ऊर्जाशील तरुणले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी, जवाफदेही शासन र पारदर्शिताको माग राखेर गरेको आन्दोलनले ७५ जनाको निधन भयो । आन्दोलनले ऊर्जाशील युवाको जीवनलीला मात्र समाप्त गरेन, दे
जिल्ला प्रशासन कार्यालय दाङले आजदेखि जिल्लाका सबै सरकारी कार्यालयहरूलाई नियमित रूपमा सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
नेपालमा संविधान निर्माणको इतिहास अरू देशको तुलनामा लामो नभए पनि छोटो समयको अवधिमा सात वटा संविधान बनेको इतिहास छ । ७० वर्षको संवैधानिक इतिहासमा विसं २०७२ असोज ३ गते जारी भएको नेपालको संविधान सातौँ संविधान हो । यो कार्यान्वयन भएको एक दशक पुगिसक्यो । यो संविधान विगतको संविधानभन्दा पृथक् हुनुको एउटा प्रमुख कारण के हो भने जनताद्वारा नि
लगातारको अविरल वर्षापछि आएको बाढीका कारण सप्तकोशी नगरपालिकामा डुवानमा परेका बीस जनालाई नेपाली सेनाले उद्वार गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ ।
स्थानीयदेखि विश्वव्यापी पहल : ज्येष्ठ नागरिकको आकाङ्क्षा हित र अधिकार भन्ने नारासहित यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अक्टोबर १ मा मनाइयो । यो दिवसले ज्येष्ठ नागरिकका अधिकार, सम्मान र योगदानलाई सम्झनुका साथै उनीहरूको जीवन गुणस्तर सुधार्न र उनीहरूलाई समाजको केन्द्रमा राख्न आग्रह गर्छ ।
जोखिम कम गर्न राति रोकिएका सवारी साधनलाई विहान ६ बजेबाट गन्तव्यतर्फ पठाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजधानी काठमाडौं, पोखरा जान तथा आउन राति ९ बजेपछि चितवनको सडक बन्द गरिएको थियो ।
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् ।
स्पेनी लिगमा रियल म्याड्रिड शनिबार राति तेस्रो स्थानमा रहेको भियारियललाई ३–१ ले हराएर शीर्ष स्थानमा उक्लन सफल भएको छ । सो खेलमा ब्राजिलियाली स्ट्राइकर भिनिसियस जुनियरले दुई तथा किलियन एमबापेले एक गोल गर्नुभयो ।
महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपाल आइतबार मलेसियासँग १३ रनले पराजित भएको छ । यस नतिजासँगै पाँच खेलको शृङ्खलामा घरेलु टिम मलेसिया २–१ ले अगाडि भएको छ ।
कात्तिक ६ गते भाइटीकाको दिनदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सोल्टिनी’ को गीत ‘दाजुको साली’ सार्वजनिक गरिएको छ । गायक एसडी योगीको स्वर रहेको गीतमा अर्जुन सुवेदीको शब्द र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शन मिति पुनः सरेको छ । देशको पछिल्लो अवस्थालाई ध्यानमा राखी निर्माण टिमले चलचित्र प्रदर्शन मिति हेरफेर गरेको हो । यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो चलचित्र अब कात्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको छ ।
विराट् नेपाल भाषा साहित्य सम्मेलन गुथीले ६४ औँ विराट् नेपाल भाषा साहित्य सम्मेलन राममन्दिर भक्तपुरमा सम्पन्न गरेको छ । प्रत्येक वर्ष द्वादशीका दिन आयोजना हुने साहित्यिक कार्यक्रममा विराट् पूर्ण वैद्य सिरपाः मोतीलक्ष्मी शाक्यलाई एक लाख रुपियाँसहित प्राडा चुन्दा वज्राचार्यले प्रदान गर्नुभयो ।
दाङको राप्ती गाउँपालिका–७, पहरूवा निवासी किसान चोटाराम चौधरीलाई चाडपर्वभन्दा पाकेको धान भित्र्याउने चटारो बढी छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको सूचना अनुसार असोज २० गतेसम्म ठुलो वर्षा हुने भएपछि खेतमा काटेको धान थ्रेसरबाट दाउन लागेको चौधरीले बताउनुभयो ।