रेस्लिङ दुनियाँका चर्चित रेस्लर हल्क हागनले गत महिना धर्र्तीबाट बिदा लिए । ७१ वर्षका हल्कको जुलाई २४ मा अमेरिकाको फ्लोरिडामा निधन भएको थियो । हल्क त्यही नाम हो जसले सन् १९८० को दशकमा रेस्लिङको दुनियाँमा हल्लीखल्ली मच्चाएको थियो ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको बाढीको कारण दर्जनभन्दा बढी कार्यालयमा पानी पसेको छ । बाढीको कारण तीन दिनदेखि जलेश्वर क्षेत्रमा विजुली समेत अवरुद्ध छ । सदरमुकाम जलेश्वर जोड्ने सडक समेत अवरुद्ध छ ।
पाटन नयाँ सहर आयोजना १४ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । आयोजनाको मुख्य काम ल्यान्डपुलिङ (जग्गा एकीकरण) कै टुङ्गो लागेको छैन त्यसले गर्दा आयोजना पूरा हुने नहुने विषय अन्योल देखिएको छ ।
बाजुराको डाब खप्तड पर्यटकीय सडक विगत १६ वर्षदेखि कालोपत्रेको पर्खाइमा रहेको छ । डाब बजारदेखि खप्तडसम्मको झन्डै २६ किलोमिटर यो सडकको २०६६ सालदेखि निर्माण कार्य सुरु भएको थियो । बुढीगङ्गा नगरपालिका–१० को डाब बजार हुँदै बदेडा, सेलापाखा, पिपलगाउँ, जुवापानी हुँदै खप्तड छेडेदह गाउँपालिका–२, गाँज्रा हुँदै १ को काँडासम्म सडक पुगेको छ । यहाँदेखि झन्डै १२ किलोमिटरभन्दा बढी खप्तड पुग्न लाग्छ । त्यहाँसम्म भने अझै सडक निर्माण गर्न बाँकी रहेको छ । डाब खप्तड पर्यटकीय सडकले पर्यटकलाई मात्र सहज नभई बुढीगङ्गा र खप्तड छेडेदहलगायतका स्थानीयवासीलाई समेत निकै सहज बनाएको छ ।
विगत दुई दिनदेखि निरन्तर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भइरहेका बेला उद्धार कार्य निरन्तर भइरहेको छ।
जेनजी आन्दोलनको क्रममा फरार भएका दुई जना कैदी स्याङ्जाबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उत्तरी ध्रुवबाट हजारौँ किलोमिटर उडेर हरेक वर्ष भारततर्फ जाने कर्याङकुरुङ सारस नेपाली आकाशमा देखा पर्न थालेका छन् । जाडो छल्न यो प्रजातिका चरा उत्तरी चीन, मङ्गोलिया, साइबेरियाबाट नेपाली आकाश हुँदै भारततर्फ जान थालेका हुन् । कैलाली, कञ्चनपुर र बर्दियाको आकाशमा गइरहेका यी चरा भारतको राजस्थान र गुजरातमा छ महिनासम्म बिताउने गरेको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो ।
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीमा स्थापना भएको इलाका प्रहरी चौकी सुनखानी जीर्ण भवनबाट आफ्नो सेवा दिइरहेको छ । अन्य विकल्प नभएका कारण जीर्ण भवनबाट सेवा दिन प्रहरी बाध्य छन् । ३५ वर्ष पुरानो जीर्ण भवनबाट सेवा दिनुपरिरहेको इलाका प्रहरी चौकी सुनखानीका इन्चार्ज प्रहरी नायब निरीक्षक नरबहादुर चन्दले बताउनुभयो । कुनै बस्ती नभएको ठाउँमा रहेको सो प्रहरी कार्यालयमा बस्नु बाध्यता भएको उहाँले बताउनुभयो ।
सुन्दा अनौठो लाग्ने जुम्लाको एक विद्यालय गाउँको राजनीतिक प्रभावको विवादमा परेपछि दुई ठाउँमा विभाजन भएको थियो । त्यसले गर्दा लामो समय विद्यालयको पढाइसमेत प्रभावित भयो तर हाल सो विद्यालय एकै थालोमा आएर पठनपाठन व्यवस्थित गरिएको छ ।
अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको वहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ ।
दसैं तिहारको विदामा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका छोसेरमा अवस्थित लिजी–नेचुङ नाका (कोरला) मा घुम्न जाने स्वदेशी पर्यटकको भिड लागेको छ ।
भारतको वृन्दावन यात्रा सकेर फर्किएका करिब दुई हजार तीर्थयात्रीमध्ये पाँच सयभन्दा बढी भैरहवामै रोकिएका छन् । नेपालका पूर्वी क्षेत्र र काठमाडौँ आसपास वर्षा भइरहेका कारण सरकारले पूर्वसावधानी अपनाउँदै यातायातका साधन रोकेपछि ती तीर्थयात्री भैरहवामै अलपत्र परेका हुन् ।
म्याग्दीको रघुगंगा गाउँपालिका ५ झीँ गाउँमा मकै भण्डारण गर्न बनाइएको थाक्रो र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको दृश्य ।
पश्चिम बागलुङको गलकोट नगरपालिका–३, हटिया र हरिचौर जोड्ने हटियास्थित गौदी खोलामा निर्मित साँघुबाट स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । आउजाउ गर्न कठिनाइ भएपछि साँघुरो साँघु स्थानीयले श्रमदान गरेर बनाएका हुन् ।
शुक्रबार रातिदेखिको अविरल वर्षाले मधेश प्रदेशको जनजीवन नराम्ररी प्रभावित भएको छ । भारी वर्षासँगै परेको चट्याङ लागेर रौतहटमा तीन जना र डुबेर एक जना गरी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् । स्थानीय प्रशासनले राहत र उद्धारको कार्यलाई तीव्रता दिएको छ ।