स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालिन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार हमासले घोषणा गरेको अमेरिकी–इजरायली बन्धकको रिहाइले गाजा पट्टीमा युद्धविराम वा प्यालेस्टिनी कैदीहरूको रिहाइ नगराउने बताउनुभएको छ ।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अझै पनि संरचनागत र सामाजिक अवरोधहरू विद्यमान रहेको बताउनुभएको छ ।
ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई विभिन्न चार विधाको तालिम प्रदान गरिएको छ । गाउँपालिका स्थिति नाङ्खोल्याङमा रहेको उक्त विद्यालयका विद्यार्थीलाई अतिरिक्त सीप सिकाउने उद्देश्यसाथ सिलाइ कटाई, कम्प्युटर कक्षा, ब्यूटीपार्लर र हाउस वायरिङसम्बन्धी तालिम प्रदान गरिएको हो ।
बुद्धजयन्तीको अवसरमा आज महान्यायाधिवक्ता बडालले उक्त भवनको शिलन्यास गर्दै सरकारी वकील कार्यालयको भवन निर्माण प्रारम्भ गर्नु महत्वपूर्ण उपलब्ध भएको बताउनुभयो ।
आज २५६९ औँ बुद्ध जयन्ती । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व सोमबार भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदैछ ।
तम्घास, वैशाख २९ गते । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन । नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ । नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनः सुरु गरेको हो । रेसुङ्गा–काठमाडौँका लागि सात हजार ८० र काठमाडौंँ–रेसुङ्गा सात हजार दुई सय ८० भाडादर कायम छ ।मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुनसकेको थिएन । हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताउनुभयो ।निगमको १८ सिट क्षमताको जहाजले बिहान ६ः१० बजे काठमाडौँबाट रेसुङ्गा र बिहान ७ः१५ बजे रेसुङ्गाबाट काठमाडौँका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ । रासस
लामो समयदेखि जीर्ण अवस्थामा रहेको धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे गरिएको छ । धनगढी गाउँस्थित हरिशङ्कर काँटादेखि पूर्वतिर ५५० मिटरमा कालोपत्रे गरिएको हो ।
किरात समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिकरूपमा सुरूआत भएको छ । तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला (उभौली) चाड मनाउने चलन छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त हाम्रो समाजमा राष्ट्रको बृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्रै सम्भव हुने उल्लेख गर्नुभएको छ ।
कोठाहरू चर्किएका छन् । भित्ताका लाप्रा उक्किएका छन् । टिनको छानो चुहिने छ । तैपनि लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यमिक विद्यालयको पुरानो भवनमा पाँच बर्षदेखि प्रहरी कार्यालय सञ्चालन हुँदै आएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा बससँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–७ सहरे गाउँको एक टहरामा आगलागी भएको छ । सोमबार बिहान स्थानीय फौदे बुढाथोकीको टहरामा आगलागी हुँदा पशुचौपाया, अन्नपात, भाँडावर्तन, लत्ताकपडा र नगद समेत जलेर नष्ट भएका छन् ।
इलामको फिक्कल–नयाँ बजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल भाँचिएपछि यातायात सञ्चालनमा समस्या भएको छ । केहि वर्ष अघिको बाढीले पक्की पुलको एक भाग बगाएपछि अस्थाई संरचना निर्माण गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली २५६९औँ बुद्धजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ ।