गए रातिको अविरल वर्षापछि आएको पहिरोमा परी घाइतेमध्ये इलामको माङ्सेबुुङस्थित गजुरमुखीबाट नेपाली सेनाको हेलिकप्टरले दुुई जनाको उद्धार गरेको छ ।
शनिबार र आइतबार दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको ज्यान गइसकेको सशस्त्र प्रहरीको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार ११ जना बेपत्ता र १३ जना घाइते भएका छन् ।
भक्तजनको सुविधाका लागि बिहुँस्थित कोतघरमा दुई वटा अतिथि आवासगृह निर्माण गरिएको छ ।
झापाको पाडाजुुंगीबाट इलामतर्फ ल्याइएको काबेली कोरिडोरका दुुईवटा विद्युत् टावरमा बाढीले क्षति पुुगेपछि इलाममा विद्युत सेवा अवरुद्ध भएको छ ।
मलेसियाविरुद्धको टी ट्वेन्टी अन्तरराष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ ।
जुम्लामा यस वर्षको दसैँमा दश करोडभन्दा बढीको खसी र भेडा खरिद बिक्री भएको छ ।
इलाम जिल्लाका ६ स्थानमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ ।
दुई दिन अघिदेखि आएको अविरल वर्षासँगै कन्काई, कमल, रतुवासहित झापाका विभिन्न खोलामा आएको बाढीका कारण झापामा ५ सयभन्दा बढी घरहरु विस्थापित भएका छन् ।
तमोर कोरिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने ६ मध्ये ४ जना मेरिङदेन गाउँपालिकाका छन् ।
अविरल वर्षाका कारण मुलुकका विभिन्न राजमार्गमा क्षति पुग्न गई सवारी आवागमन अवरुद्ध भएको छ ।
गुल्मी जिल्लाको पश्चिममा प्रख्यात मानिने सराय नाच दसैं टीकाको भोलिपल्टबाट विभिन्न ठाउँमा खेलिन्छ । लामो इतिहास रहेको सराय नाच पुस्तान्तरण नभएकाले जोगाउन मुस्किल परिरहेको छ । हतियारको साथमा खेलिने परम्परागत साहसिक नाच सराय नाच जोगाउन मुसिकोट नगरपालिका–४ बडागाउँमा भने प्रतियोगीता नै गर्नुपर्ने बाध्यता परेको छ ।
अविरल वर्षा र प्रतिकूल मौसमका कारण स्थगन गरिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका सबै उडान आजबाट नियमित भएका छन् ।
काठमाडौंमा आइतबार घाम लागेपछि पिङ खेल्दै बालबालिका
सप्तकोशी नदीमा पानीको बहाव असामान्य रुपले बढेको छ । कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेपछि ब्यारेजमा रहेका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
“हामी जति सुखी मानिस यस संसारमा होला कि न होला प्रताप बाबु ?” एकचोटि दीक्षाले प्रतापको अँगालोभरि बाँधिएर सोधेकी थिइन् ।“सुख अनुभूति गर्नु पनि एउटा कला हो, सुख अनुभूति गर्न सन्तोष