करार कर्मचारी कटौती गर्ने अन्तरिम सरकारको निर्णयको प्रभाव स्थानीय तहमा पनि देखिन थालेका छन् । कर्णाली प्रदेशका स्थानीय तहले पनि धमाधम अस्थायी र करारका कर्मचारी हटाउन थालेका छन् । सङ्घीय मन्त्रीपरिषद्को असोज ५ गते बसेको बैठकले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी तथा करार कर्मचारी कटौती गर्ने निर्णय गरेको थियो ।
हिन्दुको महान् पर्व बडादसैँ मनाउनका लागि यस वर्ष दुई लाखभन्दा बढी नेपाली जमुनाह नाका भएर भारतबाट स्वदेश फर्किएका छन् । इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार असोज १ देखि १६ गतेसम्म जमुनाह नाका हुँदै दुई लाखभन्दा बढी नेपाली स्वदेश फर्किएका हुन् ।
रसुवाको लाङटाङ ट्रेकिङमा गएका १६ जनामध्ये ४ जना खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता बनाएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार असोज १७ गते लाङटाङ ट्रेकिङका लागि हिँडेका टोली १८ गते शनिबार गोसाईकुण्ड गाउँपालिका –४ स्थित बेरिङ खोलामा दुर्घटनामा परेको हो।
हाँस्दै खेल्दै पढ्ने उमेरमा भेडा लिएर मुस्ताङ थासाङ गाउँपालिका अन्तर्गतको टुकुचेमा आएका नरबहादुर भण्डारीले बुकीखर्कमा बस्न थालेको साढे पाँच दशक भयो । २०२७ सालमा १३ वर्षको उमेरमै भेडा लिएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, सांझापानीबाट मुस्ताङको लेकमा पुगेका भण्डारीले ५५ वर्ष भेडीगोठमै बिताउनुभयो ।
अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलबहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
सामान्यतया असोजको मध्यपछि भारी वर्षाको सम्भावना न्यून हुनुपर्ने हो । आकाश खुलेर शरद ऋतुको आनन्द फैलिनुपर्ने हो । यताका वर्षमा भने मौसम अनुमानयोग्य हुन सकेको छैन । यो वर्ष असोजको मध्यपछि बर्सातको चाप झन् धेरै पर्न थालेको छ । शुक्रबारदेखि नै देशभर बर्सात भइरहेको छ । गत वर्ष असोजको १० देखि १२ गतेसम्म बाढीपहिरो र डुबानले राजधानी उपत्यका र वर
निरन्तरको झरीका कारण मेचीको मध्यपहाडी र तमोर करिडोरका विभिन्न स्थानमा पहिरो गएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लामो दुरीको यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । असोज १८ गते शनिबार बिहानैदेखि अविरल वर्षा
हामीले सोच्यौँ– राणा फालेपछि नेपालीका सुख समृद्धिका दिन आउँछन् ।
अविरल वर्षातका कारण देशका विभिन्न आठ नदीले खतराको तह पार गरेका छन् ।
सूचना प्रविधिको द्रुत विकासले गर्दा आज विश्व ‘आर्टिफिसयल इन्टेलिजेन्स’ र ‘क्वान्टम कम्प्युटिङ’ प्रविधिको जमाना अनुसार चलायमान छ । राज्यव्यवस्था सञ्चालन र सेवा प्रवाहमा नयाँ प्रविधि विकास र प्रयोगलाई अनुकूलन हुने गरी कार्य गर्न नसक्दा स्वाभाविक रूपमा चाल्र्स डार्बिनको ‘प्राकृतिक चयनको सिद्धान्त’ र ‘सक्षमताको अस्तित्व’ अनुसारै समयको माग र परिस्थितसँग अनुकूल हुन नसक्नेहरू सकिने छन् ।
चितवनको मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोला पहिरो पन्छाएर सवारी साधन सञ्चालनमा ल्याइएको छ ।
समाजवादको कल्पना गर्ने इतिहास लामो छैन । १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र तयार हुनुभन्दा पहिले काल्पनिक समाजवादको चरणका रूपमा हेर्न सकिन्छ । काल्पनिक समाजवादको पहिलो चरण पुँजीवादविरुद्ध चाल्र्स फुरिये र रोबर्ट ओवेनरूले आफ्नो दृष्टिकोण अगाडि सारेका थिए । अर्का काल्पनिक समाजवादका चिन्तक हेनरी डी सेन्ट साइमन थिए ।
सुनसरीको सोनापुरस्थित नेपालकै सबैभन्दा ठुलो जुटमिल अरिहन्त मल्टी फाइबर्स लिमिटेड डुबानमा परेको छ। स्थानीय ट्याङ्ग्रा खोलामा आएको बाढी उद्योगमा पसेपछि उद्योग डुबानमा परेको हो।