हिमाली जिल्ला हुम्लाको सदरमुकामसमेत रहेको सिमकोट र खार्पुनाथ गाउँपालिकामा दैनिक १२ घण्टा लोडसेडिङ हुने गरेको छ । उपभोक्ताको माग बढी र हिल्दुम विद्युत् वितरण केन्द्रले उत्पादन गर्ने विद्युत् कम भएका कारण लोडसेडिङको समय बढेको हो ।
अर्थतन्त्रका समग्र परिसूचक सकारात्मक रहेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको नौ महिनाको तथ्याङ्क अनुसार अर्थतन्त्रका सबै परिसूचक सकारात्मक देखिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी श्रमिक पठाउने सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ । श्रम मन्त्रालयले सूचनामार्फत दक्षिण कोरियामा मौसमी श्रमिक पठाउने विषयमा हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको हो ।
आपसी टकरावकाबिच भारत र पाकिस्तानबिच सोमबार वार्ता हुने भएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर २ बुढीमोरङस्थित गैरीगाउँमा एक लामो ढुङ्गा ठडिएको छ ।
गुल्मीको मुसिकोट नगरपालिका ४ स्थित छल्दी खोलामा पौडी खेल्नेक्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका भुवाचिदीका यमप्रसाद शर्माको छोरा १७ वर्षीय ग्रिस्म शर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गोरखापत्र संस्थानलाई समयअनुसार आधुनिकीकरण गर्दै लैजानुपर्ने बताउनुभएको छ ।
बुद्ध पूर्णिमाको पूर्व सन्ध्यामा सिंगारिएको मायादेवी मन्दिर ।
गाजा पट्टीमा शनिबार रातिदेखि आइतबार बिहानसम्म भएका इजरायली आक्रमणहरूमा १३ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
भक्तपुर नगरपालिका – ८ लिवालीकी २२ वर्षीया तृष्णा अधिकारीको मुहार यतिबेला उत्साहले भरिएको छ । कारण हो, बागमती प्रदेशमा जारी प्रदेश युवा सम्मेलनमा सहभागी हुन पाउँदाको क्षण ।
जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटन मार्फत गण्डकीको आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेशमा प्रशस्त धार्मिक स्थलहरु भएकाले प्रवर्द्धन र प्रचारप्रसार गरेर धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ थियो।
खोटाङमा श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका श्रीमानको उपचारको क्रममा मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका –९ सल्ले माथिल्लो चिचिङ्गाका ५१ वर्षीय पाँचकर्ण राईको आफ्नै श्रीमतीको कुटाइबाट मृत्यु भएको हो ।
राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो।
जाजरकोट कारागारमा एक थुनुवा झुण्डिएर मृत अवस्थमा फेला परेका छन् । जाजरकोट कारागारमा पुर्पक्षका लागि थुनामा रहेका भेरी नगरपालिका –१० आली बस्ने २७ बर्षिय दिपक बुढा आइतबार दिउँसो १ बजे झुण्डिएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।