सुदूरपश्चिमका स्थानीय सेवाका कर्मचारीहरु स्थानीय सेवा ऐन ल्याउन माग गर्दै आन्दोलित भएका छन् । प्रदेश सभामा गत माघमै दर्ता भएको विधेयक प्रदेश सभाबाट पारित गर्नुपर्ने माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। आइतबार नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६५० दशमलव ११ को बिन्दुमा कायम भएको हो।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल धनकुटाले विभिन्न समयमा विशेष योगदान पुर्याएकाेमा तीन वटा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ।
राष्ट्रियसभाको आइतबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णप्रसाद सिटौलाले जनताका चाहना र मुलुकको आवश्यकतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) केन्द्रका सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल ‘वलदेव’ ले जनतामा माओवादी केन्द्र प्रतिको आकषर्ण बढ्दै गएको बताउनुभएको छ।
पाँच जना नेपालीसहित १० जनाले नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको सफल आरोहण गर्नुभएकाे छ ।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–१, नेवलागन्जमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूर्ण हो ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढङ्गले मल कारखाना स्थापना बताउनुभएको छ ।
सुनसरीको इनरुवामा पहिलो पटक “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” मुल नाराका साथ नगरस्तरीय क्रिकेट प्रतियोगिता गर्ने तयारी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन निजामती सेवासहित महत्त्वपूर्ण विधेयकहरू शीघ्र पारित गर्न सदनलाई आग्रह गर्नुभएको छ ।
समुद्र सतहबाट तीन हजार आठ सय मिटरको उचाइमा पर्ने हेलम्बुको आमा याङ्ग्री बौैद्ध धर्मालम्वीहरूको आस्थाको केन्द्र मात्र हैन, पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाईमा परेको र उत्कृष्ट गन्तव्य पनि हो ।