वर्षायामसँगै ग्रामीण सडक अवरुद्ध हुँदा यहाँका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे ९घरबास०सुनसान बनेका छन् ।
दसैँको समयमा पनि बर्दियाका केरा बिकेका छैनन् । भारतबाट केरा आयात नरोकिएपछि बर्दियाका केरा दसैँमा पनि नबिकेको हो । बर्दियामा करिब पाँच सय हेक्टरमा केरा खेती हुने गरेको छ ।
प्रतिकूल मौसमका कारण देशभरको हवाई यातायात प्रभावित भएको छ । अविरल वर्षाका कारण उडानका लागि चाहिने आवश्यक दृश्य क्षमता (भिजिबिलिटी) कमजोर हुँदा शनिबार आन्तरिकतर्फका अधिकांश उडान रद्द भएका छन् भने बाह्यतर्फका छ वटा जहाज डाइभर्ट भएका छन् ।
अविरल वर्षासंगै रोशी खोलामा आएको बाढीका कारण अस्थायी रुपमा खुलाइएको विपी राजमार्गको डाइभर्सन बगाएको छ । बाढीले अस्थायी रुपमा निर्माण गरिएको डाइभर्सन बगाएपछि विपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।
नी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले म्याग्दीका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात प्रभावित बनाएको छ ।
दसैँआसपासको समय पर्यटकीय नगरी सौराहाका लागि पर्यटक आउने मुख्य सिजन मानिन्छ तर यस वर्ष मनसुनी वर्षा र सम्भावित बाढीपहिरोको जोखिमले सौराहा सुनसान छ । क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डे अहिलेसम्म नभएको शून्यता सौराहामा देखिएको गुनासो गर्नुहुन्छ ।
दसैँको बेला पर्यटकीय नगरी पोखरा उत्सवमय हुन्थ्यो । फेवातालमा बोटिङ होस् कि तालमाथि प्याराग्लाइडिङ वा बेलुन उडान, आन्तरिक र बाह्य पर्यटक खचाखच हुन्थे । होटेल भरिभराउ हुन्थे ।
यस वर्ष नेपालबाट उच्चस्तरीय नेतृत्वको सहभागिताबिनै संयुक्त राष्ट्रसङ्घको ८० औँ महासभा सम्पन्न भएको छ । जेनजी आन्दोलनपछि उत्पन्न सङ्क्रमणकालीन अवस्थाका कारण नेपालबाट उच्च नेतृत्वको सहभागिता अन्योलमा परे पनि परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालार्ई नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न सिफारिस गरेको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
प्रमुख राजनीतिक दलले अविरल वर्षासँगै सुरु भएको बाढी, पहिरो र प्राकृतिक प्रकोपबाट जोगिन आह्वान गरेका छन् । दलहरूले असोज १७ गते रातिदेखि सुरु भएको भीषण वर्षा, बाढी र पहिरोको जोखिमबाट बच्न र सुरक्षित स्थानमा रहन आग्रह गरेका हुन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजापट्टीमा जारी दुःखद युद्धको अन्त्यका लागि कतारले गरेको संयुक्त तथा अमूल्य मध्यस्थता कार्यप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।
गायक अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गीत सुन्दा यस्तो लाग्छ, नेपालको प्रत्येक वर्षको मनसुनी विपद्को कथा यही हो । निरन्तरको भारी वर्षासँगै देशका विभिन्न स्थानमा कतै पानीको बहाव बढेर बाढी बस्ती छिर्छ र बस्ती डुबाउँछ । कतै पहिरोले बस्ती बगाउँछ । अनि यो गीतका शब्द, स्वर र पीडा—फेरि पनि नेपालीहरूको मनमा गुञ्जिन्छ । अहिले जसरी मुलुकका अधिकांश स्थानमा भारी वर्षा भइरहे
सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्ल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो ।
त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीय रेबिका राई रहेकी छिन् ।
लामो समयदेखि प्रभावित रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को काम पुनः सुरु भएको छ ।
काठमाडौँ, असोज १९ गते । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६० पैसा र बिक्रीदर १९१ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकिएको छ ।जापानी येन १० को खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ ।केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ११ पैसा र बिक्रीदर १५ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २८ पैसा र बिक्रीदर २२ रुपैयाँ ३७ पैसा तोकिएको छ ।राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ७० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस