मुलुक सङ्घीय संरचनामा गइसकेपछिको यस अवधिमा अझै प्रदेश र स्थानीय सरकारले संविधानप्रदत्त अधिकार पूर्णतः पाइनसकेको भन्नेतर्फको बहस अद्यापि जारी छ ।
गोकर्ण दयालबैतडी, वैशाख २९ गते । जिल्लामा पछिल्लो समय दलित समुदायका युवा नेतृत्व तहमा पुग्न थालेका छन् । राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र कर्मचारी क्षेत्रमा दलितको उपस्थिति बढ्न थालेको छ । पाटन नगरपालिका–५,का नरेशकुमार विश्वकर्मा नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षको नेतृत्व सम्हालिरहनु भएको छ । जिल्लामा सक्रिय राजनीतिक दल मध्ये नेकपा एमालेको जिल्ला अध्यक्षको नेतृत्व गर्ने नरेशकुमार विश्वकर्मा एक्ला दलित युवा हुनुहुन्छ । राजनीतिक परिवर्तनपछि नीति निर्माण गर्ने तहमा यसअघि नेकपा एमालेबाट पुरनसिंह दयाल संविधानसभा सदस्य भई सक्नु भएको छ । स्वास्थ्यको क्षेत्रमा डा.सुशील विक जिल्ला अस्पताल बैतडीको प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) हुनुहुन्छ । शिक्षाको क्षेत्रमा जिल्लाको पुर्चौडी नगरपालिका–७,का दिनेश नागारी नगरपालिकाको शिक्षा शाखा प्रमुख हुँदै अहिले गलिनाथ माविको प्रधानाध्यापकको नेतृत्व गरिरहनु भएको छ । उहाँ एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । सामाजिक क्षेत्रमा बैतडीकै राजु राम भुलले आन्दोलनको नेतृत्व गरेर हलिया मुक्त राष्ट्र घोषणा गर्न सफल हुनु भएको छ । धार्मिक क्षेत्रमा शिवनाथ गाउँपालिका बैतडी मूल निवासी आचार्य कृष्ण दमाई पशुपति कोटी होमको व्यासबाट प्रवचन दिएर चर्चामा हुनुहुन्छ । राष्ट्र सेवक कर्मचारीतर्फ बैतडीकै हरिशरण वड, दशरथ ओड, ध्रूव दयाल, महेश पार्की लगायतले जिल्लाका विभिन्न कार्यालयको प्रमुख भएर जिम्मेवारी बहन गरिसक्नु भएको छ । सुरक्षातर्फ बैतडी त्रिपुराका गोविन्दराम परियार नेपाल प्रहरीको उच्च तह एसपी भएर सेवा निवृत्त हुनुहुन्छ । हाल उहाँ कानुनको क्षेत्रमा कुशल अधिवक्ताका रूपमा क्रियाशील हुनुहुन्छ । स्थानीय तहको सरकारमा सरस्वती कोली २०७४ को निर्वाचनमा पाटन नगरपालिकाको उपप्रमुख भई सक्नु भएको छ । यद्यपि २०७९ को निर्वाचनमा नेतृत्व तहमा भने दलितको अर्थपूर्ण सहभागिता हुन सकेको छैन । बैतडीका ८४ वडामा भने दलित महिला वडा सदस्य रहँदै आएका छन् । साहित्यिक क्षेत्रमा मेलौली नगरपालिकाका कर्ण दयाल सोराडीले बैतडीमै बसेर आठ वटा कृति प्रकाशित गरिसक्नु भएको छ । इन्जिनियरिङको क्षेत्रमा नरेश भुल पूर्वाधार विकास कार्यालय बैतडीमा अधिकृत छैटौँ स्थानमा कार्यरत हुनुहुन्छ । सङ्गीत तथा देउडा गायनको क्षेत्रमा पञ्चेश्वरमा महेश औजी, मेलौलीका गोपाल दयाल सुदूरपश्चिममै चर्चामा हुनुहुन्छ । बैतडीको कुल जनसङ्ख्या दुई लाख ४२ हजार ४४४ मध्ये दलितको जनसङ्ख्या ५० हजार रहेको छ । जनसङ्ख्या अनुसार सङ्घ र प्रदेश निर्वाचन क्षत्रेमा दलित समुदायबाट अब प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्नु पर्ने आवाज उठ्न थालेको छ । राजनीतिक परिवर्तनपछि दलित समुदायले शिक्षा, स्वास्थ्य र लोक सेवा जस्ता क्षेत्रमा विशेष अधिकार प्राप्त गरे पनि राजनीतिक दलहरूले दलितलाई स्थानीय तहको कार्यकारी पदमा निर्वाचन लडाउन अझैँ डराई रहेको विश्लेषक डा.केदारचन्द्र भट्टले बताउनुभयो ।जिल्लामा ५० हजार जनसङ्ख्या भएको दलित समुदायका कम्तीमा पनि ३० हजार मतदाता छन् । निर्वाचन प्रणाली फेरेर भए प्नि अब जनसङ्ख्याका आधारमा दलितलाई कार्यकारी पदमा चक्रीय प्रणाली अनुसार उम्मेदवार बन्ने मार्गको खोजी हुनु पर्ने उहाँले बताउनुभयो ।
दक्षिण एसियामा युद्धको बादल मडारिने कारण आतङ्कवाद थियो ।
विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध कुनै पनि कुराको विकल्प होइन, शान्ति निर्विकल्प हो । त्यसपछि नै विश्वशान्तिका लागि सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भएको हो । विश्वयुद्धले निम्त्याएको विनाशको स्मरण गर्दै राष्ट्रसङ्घको बडापत्रको प्रस्तावना भनिएको छ,
काठमाडौँ, वैशाख २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताउनुभएको छ । पच्चीस सय ६९औँ बुद्धजयन्तीका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्नुहुँदै सो कुरा बताउनुभएको हो । सन्देशमा भनिएको छ, “बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, एसियाका तारा एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पच्चीस सय ६९ औँ बुद्धजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतमबुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतमबुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्धजयन्ती मनाउने गरिन्छ । यस दिन गुम्बा, विहार, मठ, स्तूपा र चैत्यमा बुद्धको विशेष पूजा–अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गरिन्छ ।राष्ट्रपतिले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको पनि सन्देशमा व्यक्त गर्नुभएको छ पच्चीस सय ६९औँ बुद्धजयन्तीको शुभ अवसरमा गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी राष्ट्रपतिले कामना समेत व्यक्त गर्नुभएको छ ।
बागलुङ, वैशाख २९ गते । यहाँको काठेखोला गाउँपालिका स्थापनाको नौ वर्षसम्म भाडाकै घरमा छ । जिल्लाको १० स्थानीय तहमध्ये जग्गाको समेत टुङ्गो नलागेको काठेखोला गाउँपालिकाले हालसम्म भाडाकै घरबाट सेवा दिँदै आएको छ । मासिक ६० हजारका दरले भाडा दिँदै आएको पालिकाले स्थापनाकालदेखि ६० लाख रुपैयाँ भाडामा खर्चेको छ । लामो समय हुँदासमेत पालिकाको आफ्नै भवन निर्माण नहुँदा स्थानीयले पालिकाप्रति प्रश्न गर्दै आएका छन् । जिल्लाका सात पालिकाको आफ्नै भवन छभने दुई पालिकाको भवन निर्माणको चरणमा छन् । तर काठेखोला गाउँपालिकाले स्थापनाकालदेखि प्रशासकीय भवन निर्माणमा आवश्यक जग्गाको खोजी गरे पनि हालसम्म टुङ्गो लगाउन नसकेको हो । गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको दोस्रो कार्यकालमा आउँदासमेत पालिकाको भवन निर्माण नहुनु दुःखद भएको काठेखोला गाउँपालिका–२ अछेतेका स्थानीय गणेशबहादुर भण्डारीले बताउनुभयो । उहाँले गाउँपालिकाले नौ वर्षसम्म जग्गा र भवनको टुङ्गो लगाउन नसकेको बताउनुभयो । “जबसम्म गाउँपालिकाले पायक पर्ने स्थानमा भवन बनाउन सक्दैन, हामी नागरिकले प्रश्न गर्न छाड्दैनौँ, जिल्लाका अन्य पालिका आफ्नो भवनबाट सेवा दिइसक्दा समेत काठेखोला गाउँपालिका अझै भाडाकै घरमा छ”, भण्डारीले भन्नुभयो, “गाउँपालिकालाई स्थानीयले देखाएको जग्गामा भवन बनाउन कस्ले रोक्यो, अछेते बजार नजिकै भवन बनाउँदा सबैलाई पायक पर्दछ, सामुदायिक वनमा भवन बनाउने कुरा थियो, अहिलेसम्म पालिका निर्णयमा नपुग्दा नागरिकलाई सेवा प्रवाहमा समस्या भएको छ ।” गलकोट र जैमिनी नगरपालिकाको भवन निर्माणाधीन अवस्थामा छ । गत फागुनदेखि ढोरपाटन नगरपालिकाले आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । काठेखोलाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुङ्गोमा पुगे पनि पुनः मुद्दा परेर विवाद बढेको थियो । नौ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको छैन । अघिल्लो पटक कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको थियो । सामबोटमा भवन बनाउन कार्यपालिका बैठकले निर्णय गरी १३औँ गाउँसभाबाट पारित गरेर रु एक करोड रकम विनियोजन गरे पनि सामुदायिक वनमा भवन बनाउन स्थानीयले अवरोध गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । बिहुँकोट सुलडाँडामा भाडाको घरबाट सेवा दिँदै आएको पालिकाले आगमी आर्थिक वर्ष भाडा तिर्न नपर्नेगरी विद्यालयको भवनमा सर्ने योजना बनाएको अध्यक्ष थापाले बताउनुभयो । भीमसेन माध्यमिक विद्यालयको भवनबाट साउनदेखि गाउँपालिकाले सेवा दिनेगरी अहिले भवन फर्निसिङको काम गरिरहेको बताउनुभयो । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो गाउँपालिका अन्य पालिकाभन्दा सुगममा पर्छ । दुर्गमका पालिकाहरुले आफ्नै भवन निर्माण गरेर काम सुरु गरिसक्दा काठेखोलाको जग्गा तथा भवन अझै टुङ्गो लगाउन सकेको छैन ।त्यहाँका केही स्थानीयले सुलडाँडा र केहीले अक्षतेमा केन्द्र राख्ने विषयमा स्थानीयबीच विवाद भइरहेको छ । वडा नं १, २, ३ र ४ ले अक्षते तथा वडा नं ५, ६, ७ र ८ ले हाल कार्यालय सञ्चालन हुँदै आएको सुलडाँडामै प्रशासनिक भवन बनाउने अडान राख्नाले भवन निर्माणमा ढिलाइ भएको हो ।
ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विश्वमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको सन्दर्भमा भगवान गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम बुद्धले कठोर साधनाद्वारा प्राप्त गर्नुभएको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन सबैले पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
सभामुख देवराज घिमिरेले आन्तरिक तथा बाह्य द्वन्द्वबाट आक्रान्त विश्वमा बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार भएको बताउनुभएको छ ।
सम्मानीय राष्ट्रपतिज्यूबाट विसं २०८२ वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि नेपाल सरकारको तर्फबाट म सम्माननीयज्यूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।
नेपाली साहित्यको विकासमा स्वर्गीय प्रदीप नेपालको भूमिका महत्वपूर्ण रहेको बुटवलमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ । साहित्यमा सञ्जय थापाका नामले चर्चित प्रदीप नेपाल राजनीतिभन्दा साहित्य क्षेत्रमा बढी सफल रहेको समेत चर्चा गरियो ।
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जार’ को भारतमा उच्च माग भएको छ । पहिलो चरणमा सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङ्पोङमा प्रदर्शनमा आएको चलचित्रप्रति दर्शकको उच्च आकर्षण देखिएपछि सम्बन्धित सहरका मल्टिप्लेक्सले सो थप गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लगानी प्रवर्धन गर्ने कार्यक्रमकेन्द्रित हुन सुझाव दिएको छ । आइतबार महासङ्घले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अन्तर्क्रिया गरेर यस्तो सुझाव दिएको हो ।