नेपालकी एरिका गुरुङले शुक्रबार कराँते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्नुभएको छ । मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिता अन्तर्गत ६८ केजीमाथिको स्पर्धाको फाइनलमा एरिकाले ट्युनिसियाकी तेस्निम मास्कनीलाई २–० हराउनुभयो । यसअघि उहाँले प्रिक्वाटरफाइनलमा पोर्चुगलकी लोरेनजो हेलना, क्वाटरफाइनलमा जर्मनीकी रोहलमान चार्लोट र सेमिफाइनलमा चेक गणतन्त्रकी हकोभा अमाल्जीलाई पराजित गर्नुभएको थियो ।
आमा बितेपछि घर बस्न लागेन् । जीवनमा शून्यता छायो । मलाई के गरौँ कसो गरौँ भयो । उहा“ले यति चा“डै छोडेर जानुहुन्छ भन्ने सोचेकै थिइनँ । जति सम्झिए पनि चित्त बुझाउन सकिनँ । मैले बुवाको माया
गत शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपालबाहेकको जनजीवन प्रभावित बनायो । आज मौसम बदली कायम रही मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाइरहेको छ ।
मुसिकोट नगरपालिका–२ का सुरज केसी दसैमा आउँदा दुई दिन मुग्लिनको पहिरोका कारण जाममा बस्नुपर्याे । जेनतेन तीन दिन गाउँमा दसैँ रमाइलो नै रह्यो । तर, व्यापारका कारण सहर फर्किनुपर्ने बाध्यता केसीसँग छ ।
इलाममा पहिरोमा परेर कम्तीमा १४ जनाको मृत्यु भएको छ । जिल्लाको विभिन्न स्थानमा गए रातिको बाढी पहिरोमा पुरिएर मृत्यु भएको पाइएको हो ।
गुल्मीका फाँटहरुमा धान पाक्न थालेर पहेँलै देख्न सकिन्छ। गत असार महिनामा रोपेको धान अहिले पाक्न सुरु भएसंगै फाँटहरु र धान रोपेको खेतमा पहेँलै देख्दा जिल्लाका किसानहरुमा खुसी समेत देखिएका छन। धान रोपिएका यहाँका विभिन्न फाँट तथा खेतमा अहिले धान पाक्न थालेसँगै पहेँलै देखिन थालेका छन्।
मेची करिडोरमा पर्ने तीन ठाउँका बेलीब्रिज गएरातिको बाढीले बगाएको छ । माईखोला बेलासे, केचना–कञ्चनजंघा र पुवाखोलाको भर्खरै मात्र निर्माण सम्पन्न भएको बेलिब्रिज गएरातिको बाढीले बगाएको हो ।
मधेश प्रदेशमा शुक्रबार साँझदेखि निरन्तर पानी पर्न थालेपछि कमला, कोशी, बलान, बागमती, लालबकैया, जलाद्धसहितका नदीमा पानीको सतह बढ्दै गएको छ । आमनागरिकको जनजीवनसमेत प्रभावित भएको हो ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आगजनी र तोडफोड हुँदा साढे नौ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।
यहाँका थुम्का थुम्काका देउताको दसैँमा हुने पूजा सकिएका छन् । अब तिहारपछि वार्षिक पूजा हुनेछन् । सुदूरपश्चिमका जिल्लामा ढुङ्गालाई देउता मानेर पूजाआज गरी देउताका धामीबाट होम गरे पछिको कालो टीका (तिलक) र अक्षता सहितको रातो टीका र जमरा लगाई दसैँ मनाउने धार्मिक परपम्परा रहिआएको छ ।
करार कर्मचारी कटौती गर्ने अन्तरिम सरकारको निर्णयको प्रभाव स्थानीय तहमा पनि देखिन थालेका छन् । कर्णाली प्रदेशका स्थानीय तहले पनि धमाधम अस्थायी र करारका कर्मचारी हटाउन थालेका छन् । सङ्घीय मन्त्रीपरिषद्को असोज ५ गते बसेको बैठकले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी तथा करार कर्मचारी कटौती गर्ने निर्णय गरेको थियो ।
हिन्दुको महान् पर्व बडादसैँ मनाउनका लागि यस वर्ष दुई लाखभन्दा बढी नेपाली जमुनाह नाका भएर भारतबाट स्वदेश फर्किएका छन् । इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार असोज १ देखि १६ गतेसम्म जमुनाह नाका हुँदै दुई लाखभन्दा बढी नेपाली स्वदेश फर्किएका हुन् ।
रसुवाको लाङटाङ ट्रेकिङमा गएका १६ जनामध्ये ४ जना खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता बनाएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार असोज १७ गते लाङटाङ ट्रेकिङका लागि हिँडेका टोली १८ गते शनिबार गोसाईकुण्ड गाउँपालिका –४ स्थित बेरिङ खोलामा दुर्घटनामा परेको हो।
हाँस्दै खेल्दै पढ्ने उमेरमा भेडा लिएर मुस्ताङ थासाङ गाउँपालिका अन्तर्गतको टुकुचेमा आएका नरबहादुर भण्डारीले बुकीखर्कमा बस्न थालेको साढे पाँच दशक भयो । २०२७ सालमा १३ वर्षको उमेरमै भेडा लिएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, सांझापानीबाट मुस्ताङको लेकमा पुगेका भण्डारीले ५५ वर्ष भेडीगोठमै बिताउनुभयो ।
अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलबहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन् ।