वर्तमान विश्वका लागि प्राविधिक सिपयुक्त जनशक्तिको माग बढेर गएको छ । आजको शिक्षा सैद्धान्तिकभन्दा पनि व्यवहारमा प्रयोग गर्नेखालको सिपमूलक हुनु पर्छ भन्ने आममान्यता छ । नेपाल सरकारले पनि प्राविधिक जनशक्ति उत्पादनलाई आफ्नो प्राथमिकताको सूचीमा राखेर लगानी गरिरहेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
शनिवार विहानदेखि अविरल वर्षा हुँदा सप्तकोसी नदीमा पानीको बहाव उच्च हुँदैगएको छ । आइतबार विहान ७ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले २ लाख ७१ हजार ३१० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ ।
अविरल बर्सातले वीरगञ्ज महानगर क्षेत्रमा डुबानको समस्या देखिएको छ । शनिबारदेखि परेको भारी वर्षाको कारणले महानगरको अधिकांश वडामा डुबानको जोखिम उच्च देखिएको हो ।
बडादसैँको ११ औँ दिन पापाङ्कुशा एकादशीको अवसरमा मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ । तत्कालीन राजदरबारका रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकबजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै खाँ पिहाँवईगु जात्रा निकालिएको हो । दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला प्रदर्शन गर्दै नगरपरिव्रmमा गर्नुका साथै स्थानीय क्वालखु द्यः (बालकुमारी देवी) को परिसरमा भुइँफर्सी अर्थात् कुभिण्डो मार हानेपछि जात्रा सम्पन्न भएको थियो ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को नयाँ गीत रिलिज भएको छ । ‘मरौँ ज्यानले...’ बोलको गीत निर्माणपक्षले सार्वजनिक गरेको हो । गीतमा सुरेश बादलको शब्द रहेको छ । सुशान्त गौतमको सङ्गीत तथा स्वर रहेको छ । प्रेममा लिन भएको प्रेम जोडीको प्रेम, गीतमा समेटिएको छ । भिडियोमा चलचित्रका मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवाको प्रेम देखाइएको छ ।
पुतलीबजार नगरपालिकाले बालबालिकालाई पञ्चैबाजा उपलब्ध गराएको छ । नगरपालिकाले पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई बालबालिकालाई दिएको हो ।
नेपाली चलचित्र ‘मालती मङ्गले’ को छायाङ्कन सम्पन्न भएको छ । कार्यकारी निर्माता सागर ज्ञवालीले ३१ औँ दिन सोमबार छायाङ्कन कार्य औपचारिक रूपमा समाप्त भएको बताउनुभयो । उहाँका अनुसार छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका सुन्दर भूभागमा गरिएको हो ।
वर्षायामसँगै ग्रामीण सडक अवरुद्ध हुँदा यहाँका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे ९घरबास०सुनसान बनेका छन् ।
दसैँको समयमा पनि बर्दियाका केरा बिकेका छैनन् । भारतबाट केरा आयात नरोकिएपछि बर्दियाका केरा दसैँमा पनि नबिकेको हो । बर्दियामा करिब पाँच सय हेक्टरमा केरा खेती हुने गरेको छ ।
प्रतिकूल मौसमका कारण देशभरको हवाई यातायात प्रभावित भएको छ । अविरल वर्षाका कारण उडानका लागि चाहिने आवश्यक दृश्य क्षमता (भिजिबिलिटी) कमजोर हुँदा शनिबार आन्तरिकतर्फका अधिकांश उडान रद्द भएका छन् भने बाह्यतर्फका छ वटा जहाज डाइभर्ट भएका छन् ।
अविरल वर्षासंगै रोशी खोलामा आएको बाढीका कारण अस्थायी रुपमा खुलाइएको विपी राजमार्गको डाइभर्सन बगाएको छ । बाढीले अस्थायी रुपमा निर्माण गरिएको डाइभर्सन बगाएपछि विपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।
नी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले म्याग्दीका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात प्रभावित बनाएको छ ।
दसैँआसपासको समय पर्यटकीय नगरी सौराहाका लागि पर्यटक आउने मुख्य सिजन मानिन्छ तर यस वर्ष मनसुनी वर्षा र सम्भावित बाढीपहिरोको जोखिमले सौराहा सुनसान छ । क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डे अहिलेसम्म नभएको शून्यता सौराहामा देखिएको गुनासो गर्नुहुन्छ ।
दसैँको बेला पर्यटकीय नगरी पोखरा उत्सवमय हुन्थ्यो । फेवातालमा बोटिङ होस् कि तालमाथि प्याराग्लाइडिङ वा बेलुन उडान, आन्तरिक र बाह्य पर्यटक खचाखच हुन्थे । होटेल भरिभराउ हुन्थे ।