बागमती प्रदेश सभाको सोह्रौँ अधिवेशन आह्वान गरिएको छ। आगामी जेठ ५ गते सोमबारका लागि अधिवेशन आह्वान गरिएको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुनै व्यक्ति र दलले गरेको गल्तीका कारण संविधान र व्यवस्थालाई दोष दिन नहुने बताउनुभएको छ ।
उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा सव–इन्जिनियर पदमा कार्यरत कुमार पौड्यालविरुद्ध तीन करोड ६३ लाख २१ हजार २०७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनपर्नेमा सरकार दृढ रहेको बताउनुभएको छ।
सुदूरपश्चिमका स्थानीय सेवाका कर्मचारीहरु स्थानीय सेवा ऐन ल्याउन माग गर्दै आन्दोलित भएका छन् । प्रदेश सभामा गत माघमै दर्ता भएको विधेयक प्रदेश सभाबाट पारित गर्नुपर्ने माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। आइतबार नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६५० दशमलव ११ को बिन्दुमा कायम भएको हो।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल धनकुटाले विभिन्न समयमा विशेष योगदान पुर्याएकाेमा तीन वटा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ।
राष्ट्रियसभाको आइतबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णप्रसाद सिटौलाले जनताका चाहना र मुलुकको आवश्यकतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) केन्द्रका सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल ‘वलदेव’ ले जनतामा माओवादी केन्द्र प्रतिको आकषर्ण बढ्दै गएको बताउनुभएको छ।
पाँच जना नेपालीसहित १० जनाले नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको सफल आरोहण गर्नुभएकाे छ ।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–१, नेवलागन्जमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।