प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका कर्मचारी एउटै रहने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभएको छ ।
कैलालीमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन् । चुरे गाउँपालिका–४ की एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो ।
सांसद महेश बर्तौलाले अनुसन्धानमा आधारित उच्च शिक्षासम्बन्धी नीति तथा कार्यक्रमले जोड दिएको बताउनुभयो । ‘कमाउँदै पढ्दै’ जस्ता कार्यक्रम सकारात्मक रहेका बताउँदै उहाँले कृषिसम्बन्धी प्रस्तुत गरिएका कार्यक्रमले कृषक र कृषि क्षेत्रमा उल्लेख्य परिवर्तन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
म्याग्दी जिल्लाभित्रका सबै स्थानीय तह पूर्णखोप सुनिश्चितता र दिगोपना घोषण भएसँगै आइतबार म्याग्दी जिल्लालाई नै पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नीति निर्माण तहमा युवाको सहभागिता गौण रहेको बताउनुभएको छ।
श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा १५ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।
दलबहादुर कुँवर र कल्पना बुढाले छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जित्नुभएको छ । ५१ किलोमिटर म्याराथन दुरी दलबहादुर कुँवरले ५ घण्टा ५३ मिनेट १७ सेकेण्डमा पूरा गरी उपाधि जित्नुभएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा अलपत्र परेका नेपालीको तत्काल उद्धार गर्न माग गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले थालेको काम सक्ने घोषित नीतिअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरावलोकन गरी चालु परियोजनालाई ‘आर्थिक वर्ष २०८२–८३ मा सम्पन्न गरिने बताउनुभएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ का विजयी क्लब र खेलाडीलाई नगद पुरस्कार प्रदान गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न नसक्ने बताउनुभएको छ । आइतबार भक्तपुर क्यान्सर अस्पतालमा पेडियाट्रिक अन्कोलोजि वार्ड तथा पिआइसियु कक्षको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
चुहिने जस्ताले छाएको पुरानो ढल्केको घर छ । खरको चुहिने पालीमा त्रिपालको भरमा । सात छोरी र चार छोरासहित एघार सन्तानकी आमाको निधन भएपछि विहान बेलुका छाक टार्नै मुस्किलमा छन् सहाराविनाका बालबालिका ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै सरोकारभएका निकाय एकजुट भएर अघि बढे विकास सम्भव हुने धारणा राख्नुभएको छ ।
समितको आजको बैठकमा उहाँहरूले विधेयकमा ‘निजामति कर्मचारी वा अन्य सरकारी सेवाबाट अवकाश भएको मितिले दुई वर्ष पूरा नभई कुनै पनि संवैधानिक वा अन्य सार्वजनिक पदमा नियुक्त नपाउने व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको हो ।
पर्वत सदरमुकाम कुश्मामा रहेको अत्याधुनिक बसपार्क निर्माण सम्पन्न भएको लामो समयसम्म उपयोग हुन सकेको छैन । उपयोगविहीन भएसँगै सुविधा सम्पन्न बसपार्क जीर्ण बन्दै गएको छ ।