संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजापट्टीमा जारी दुःखद युद्धको अन्त्यका लागि कतारले गरेको संयुक्त तथा अमूल्य मध्यस्थता कार्यप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।
गायक अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गीत सुन्दा यस्तो लाग्छ, नेपालको प्रत्येक वर्षको मनसुनी विपद्को कथा यही हो । निरन्तरको भारी वर्षासँगै देशका विभिन्न स्थानमा कतै पानीको बहाव बढेर बाढी बस्ती छिर्छ र बस्ती डुबाउँछ । कतै पहिरोले बस्ती बगाउँछ । अनि यो गीतका शब्द, स्वर र पीडा—फेरि पनि नेपालीहरूको मनमा गुञ्जिन्छ । अहिले जसरी मुलुकका अधिकांश स्थानमा भारी वर्षा भइरहे
सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्ल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो ।
त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीय रेबिका राई रहेकी छिन् ।
लामो समयदेखि प्रभावित रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को काम पुनः सुरु भएको छ ।
काठमाडौँ, असोज १९ गते । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६० पैसा र बिक्रीदर १९१ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकिएको छ ।जापानी येन १० को खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ ।केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ११ पैसा र बिक्रीदर १५ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २८ पैसा र बिक्रीदर २२ रुपैयाँ ३७ पैसा तोकिएको छ ।राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ७० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस
शुक्रबार साँझदेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ ।
हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ ।
निरन्तर वर्षाका कारण खोलाहरूमा पानीको बहाव बढ्दै डुबानको खतरा बढेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त बस्तीका बासिन्दालाई विद्यालयमा स्थानान्तरण गर्ने कार्य सुरु गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो तथा डुबानको खतराबारे सजग रहन अपिल गर्नुभएको छ । शनिबार विज्ञप्ति जारी गर्दै उहाँ विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ ।
देशको मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वर्षा सक्रिय भइरहँदा सुदूरपश्चिम प्रदेशमा भने आज मौसम सामान्य रहेको छ । स्थानीय वायुको प्रभाव कायमै रहेकाले एक÷दुई स्थानमा वर्षा हुनसक्ने पूर्वानुमान गरिए पनि प्रदेशको अधिकांश जिल्लामा दिउँसो घाम लागेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भारी वर्षापछिको विपद्का क्रममा हुने राहत एवं उद्धारको निरन्तर निगरानी एवं अनुगमन भइरहेको बताउनुभएको छ ।
प्रकृतिको उन्मादपूर्ण शक्तिले नेपाली भूभागलाई अहिले आँधी–बर्षाको चपेटमा पारेको छ । केही दिनदेखि चलिरहेको यो मौसमी अवस्थाले देशभरका खोला–नदीहरू बढेका छन् । बाढी–पहिरोको डर बढेको छ । लगातारको वर्षा, पहिरो, नदी–खोलाको बढ्दो बहाव, सडक अवरोध र भीषण ट्राफिकजामले यात्रालाई जोखिमपूर्ण बनाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सौराहा, टाँडी, भरतपुर र नारायणगढका होटल व्यवसायीलाई अलपत्र यात्रुलाई ७५ प्रतिशत छुटमा बस्न दिने व्यवस्थाका लागि निर्देशन दिनु भएको छ ।
चट्याङ लागेर रौतहटमा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिवार साँझ अन्दाजी साढे ६ बजेको समयमा चट्याङ लागेर कटहरिया नगरपालिका –२ हथियाही बस्ने इसु मिया लहेरीको नाति मरुलाल लहेरीको छोरा १७ बर्षीय सेराज लहेरी र सोहि ठाउँका पनिलाल यादवको नाति रामधेनु यादवको छोरा १६ बर्षीय नबीन यादवको ज्यान गएको हो ।