• १८ असोज २०८२, शनिबार

सुदूरपश्चिममा मौसम सामान्य

blog

सुदूरपश्चिम, असोज १८ गते । देशको मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वर्षा सक्रिय भइरहँदा सुदूरपश्चिम प्रदेशमा भने आज मौसम सामान्य रहेको छ । स्थानीय वायुको प्रभाव कायमै रहेकाले एक÷दुई स्थानमा वर्षा हुनसक्ने पूर्वानुमान गरिए पनि प्रदेशको अधिकांश जिल्लामा दिउँसो घाम लागेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।

गएराति कैलालीको चुरे पहाडी क्षेत्र गर्भामा ७० मिलिमिटर वर्षाको मापन गरिएको थियो । “सुदूरपश्चिम प्रदेशमा आज मौसम सामान्य रह्यो । प्रदेशमा मौसम क्रमशः सामान्य हुँदै जाने पूर्वानुमान गरिएको छ” कार्यालयका प्रमुख सञ्जय साहले भन्नुभयो । 

वर्षासँगै हुनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि कैलाली, कञ्चनपुरलगायत जिल्लाका विभिन्न नदी किनारमा  ‘गेज रिडर’लाई सक्रिय पारिएको पनि उहाँले जानकारी दिनुभयो । रासस