• १८ असोज २०८२, शनिबार

चट्याङ लागेर रौतहटमा दुई जनाको मृत्यु

blog

प्रवीणकुमार शर्मा  

चन्द्रपुर (रौतहट), असोज १८ गते । चट्याङ लागेर रौतहटमा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका  अनुसार शनिवार साँझ अन्दाजी साढे ६ बजेको समयमा  चट्याङ लागेर कटहरिया नगरपालिका –२ हथियाही बस्ने इसु मिया लहेरीको नाति मरुलाल लहेरीको छोरा १७ बर्षीय सेराज लहेरी र सोहि ठाउँका पनिलाल यादवको नाति रामधेनु यादवको छोरा १६ बर्षीय नबीन यादवको ज्यान गएको हो ।  

चट्याङ लागेर लहेरिको घटनास्थलमै मृत्यु भएको तथा यादवलाई उपचारका लागि अस्पतालमा लादैगर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।  

आधारभूत प्राथमिक बिद्यालय हथियाहीनजिक रहेको कल्भर्टमा रहेको बेला खसेको चटयाङ्ग लागेर यादवको पुरै शरीर जलेको थियो । लहेरीलाई समेत चट्याङ लागेको प्रवक्ता कार्कीले बताउनुभयो ।   

चटयाङ्ग लागेर ज्यान गएका दुवै जनालाई पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा लगिएको उहाँले जानकारी दिनुभयो ।