देशका अधिकांश भू–भागमा भइरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भइरहेका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन सबै सञ्चार सेवाप्रदायक संस्थालाई अनुरोध गरेको छ।
बडा दसैंको समयमा बिपी राजमार्ग हुँदै पूर्वबाट काठमाडौं हिडेका एक सयभन्दा बढी यात्रुबाहक सवारी साधनलाई प्रहरीले शनिबार सिन्धुलीबाट फर्काएको छ ।
कैलालीको धनगढीमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते एकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएका धनगढी उपमहानगरपालिका –४ का ६० वर्षीय गणेश शाहीको मृत्यु भएको हो ।
बाढी पहिरोको जोखिम रहेको मेची राजमार्ग आज साँझ ७ बजेदेखि १२ घण्टाका लागि बन्द गरिएको छ । मेची राजमार्गको झापा–इलाम सिमाना जोरकलशदेखि इलाम–पाँचथर सिमाना राँके बजारसम्म भोलि बिहान ६ बजेसम्मका लागि सडक बन्द गरिएको हो ।
तुइनखोलामा लगातार पहिरो खस्न थालेपछि मुग्लिन–नारायणगढ सडक खण्ड बन्द भएको छ । भारी वर्षाका कारण तुइनखोलामा ससाना पहिरो खस्न थालेपछि बाटो अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जोखिम बढेकाले यातायात बन्द गरिएको जानकारी दिनुभयो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित मुस्ताङ–डोल्पा सडक नजिकको उच्चलेकको चरन क्षेत्रमा चर्दै गरेका घोडाका बथान।
गएरातिदेखि निरन्तर वर्षा भएपछि काठमाडौँ महानगरप्रहरीले विपद् व्यवस्थापन कार्यमा १०० जना महानगर प्रहरी खटाएको छ ।
अविरल वर्षासँगैे उदयपुरको त्रियुगा नगरपालिका वडा ५ दमौटीस्थित स्थानीय अम्मि खोलाको बाढीले बगाएर एक बालिकाको शनिवार मृत्यु भएको छ ।
बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ ।
सरकारले यही असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार साँझदेखि आइतबार मध्यान्हसम्म भारी तथा अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क भएर मात्र यात्रा गर्न आग्रह गर्नुभएको छ ।
तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिकेमा बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
मे १ ज ३०५५ नम्बरको जिप शनिबार बिहान तमोर करिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ रानीगाउँस्थित कात्तिकेमा सडकबाट करिब तीनसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
गएरातिदेखि निरन्तर वर्षा भएपछि काठमाडौँ महानगरप्रहरीले विपद् व्यवस्थापन कार्यमा १०० जना महानगर प्रहरी खटाएको छ ।
बाढीपहिरोको जोखिम बढेकाले हेटौँडा–काठमाडौँ जोड्ने सडकमा सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ ।