बडादसैँको ११ औँ दिन पापाङ्कुशा एकादशीको अवसरमा शुक्रबार मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ ९खाँ निस्कने० जात्रा सम्पन्न भएको छ ।
हमास समूहले आफ्ना नियन्त्रणमा रहेका सबै इजरायली बन्धकलाई मुक्त गर्न वार्ताका लागि सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ताप्लेजुङमा अवस्थित कुम्भकर्ण हिमाल आरोहणका लागि गएका विदेशी खराब मौसमको सूचना पाएपछि सुरक्षित स्थानमा फर्किएका छन् । मौसम सुधार नभएसम्मका लागि उहाँहरु होटेल फर्किनु भएको हो ।
इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा एक विद्यालय भवन ढली दुर्घटना हुदाँ ज्यान गुमाउनेको सङ्ख्या आठ जना पुगेको एक वरिष्ठ उद्धार अधिकारीले शुक्रबार बताउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले असोज १८ देखि २० गतेसम्म मनसुन सक्रिय रहने र भारी वर्षासँगै सडक अवरुद्ध हुने सम्भावना रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ ।
हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल क्रिकेट संघ क्यानले २०२६ को टी-२० विश्वकप खेल्ने एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरको रुपैठाको चारैतर्फ निषेधाज्ञा जारी गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा दुई समुदायबीच तनाव बढेपछि निषेधाज्ञा जारी गरिएको हो ।
सप्तरीको तिरहुत गाउँपालिकामा सवारी दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १ धनपुरीस्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको हो।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप बढी सक्रिय हुँदा मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
नेपाली कांग्रेसले असोज १८ गतेदेखि देशका विभिन्न भागमा सक्रिय हुने अनुमान गरिएको भारी वर्षाले ठूलो जोखिम निम्त्याउने सम्भावना रहेकाले उच्च सतर्कता र प्रतिकार्य तयारीका लागि अपील गरेको छ।
महोत्तरीमा आज भएको यात्रुवाहक बस दुर्घटनाका गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
- रामेश्वर फुयालदिउँसै अँध्यारो पारिएको ठाउँमारात्रिले पुनः अँध्यारो बन्यो दविएका जनतामाआक्रोश थप्यो ।अन्याय खप्दा खप्दा आजितहरुको जितमा फेरि अर्को चिन्ह भयो खडा ।।रात्रिले अँध्यारो थप्योप्रशासनले भरौटे थप्योजनताले न्याय खोजेन्याय प्राप्तिको लागि मृत्यु रोजेशिरमाथि गोली चल्योकान वरिपरि ढ्याङ्गढ्याङ्ग आँखा वरिपरि मल्याकमुलुकबल्न थाले कटवांसहरु गोली साथमावल्न थाले अश्रु ग्यांसका गोलाहरुघोक्राइए मुण्टाइए असी वर्षे बाबुहरुलुटिए आमा वहिनीहरुचुटिए छ वर्षे भाइहरु ।।सवैभन्दा ठुलो ज्यानअन्यायले दाग्छन भने जनताका स्वभिमानधनपती, लुटेरालाई सुम्पीन खोजिन्छ भने चुप वस्नु थियो मर्नु ज्यूँदा जनता व्यूझि उठे हत्केलामा ज्यान राखीगोलीसँग ढङ्गु जुदाए भयो सही राम्रो एकता प्रदर्शन ।।घडीले ८ वजायोदुश्मन शक्ति बजायो जनमा जन थपियो वन्यो जनसागरदुश्मन बौलाएचम्कन थाल्यो आकाशघाइतेहरुको ऐया ऐयाप्रशासकको स्वरमा खबरदार उठे जनता प्रतिरोधमा शान्तिका लागि फेरियो गागलफेदी युद्ध मैदानउठाए जनताले भ्रष्टहरुलाई हराउ लहरजागे सुतेकाहरु राजनीति आफ्नो बोकेरगयो वैशाख २९, २०४२न्याय प्राप्तिका लागि प्रतिरोधको सन्देश दिएर ।(पञ्चायती निर्वाचनमा पद्मरत्न तुलाधरलाई उम्मेदवार बनाउदा गोलि चलेको सन्दर्भ)
पाँचथरको फिदिममा मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते भएका छन्।